सम्झौताको सम्बोधन हुनेगरी शिक्षा ऐन ल्याउन शिक्षक महासङ्घको श्रेष्ठलाई आग्रह

काठमाडौं/२ चैत – नेपाल शिक्षक महासङ्घले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसँग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष, महासचिव र घटक संगठनहरूका प्रतिनिधि सहितको टालीले भेटेर सङ्घीय शिक्षा ऐन छिटो ल्याउन आग्रह गरेको हो ।


महासङ्घले यस भन्दा अगाडी सरकारसँग भएका सम्झौता अनुसार सम्बोधन हुनेगरी शिक्षा ऐन ल्याउनका लागि पहल गर्न शिक्षा मन्त्रीलाई आग्रह गरेको महासचिव लक्ष्मी किशोर सुवेदीले बताए । साथै विभिन्न समयमा भएका सम्झौताको छायाँ कपी समेत शिक्षा मन्त्रीलाई हस्तान्तरण गरेको जनाएका छन् ।


करिब २० मिनेटको समयमा मन्त्री श्रेष्ठले नेपाल शिक्षक महासङ्घको कुरा सनेपछि दोहोरो संवाद नगरी विदा गरेकी थिइन ।