अस्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि नयाँ नियम

काठमाडौं/२ चैत – अस्ट्रेलिया सराकारको गृह मन्त्रालय अन्तर्गतको विभागले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि केही नियममा परिवर्तन गरेको छ । उच्च शिक्षा अध्ययनका लागि जाने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि २३ मार्च २०२४ देखि लागु हुने गरी नयाँ नियम लागु गरेको हो ।


अध्ययनमा जाने विद्यार्थीहरूले यस अघि जेन्युन टेम्पोररी इन्ट्रान्ट (जिटिइ) पेस गर्नुपर्ने नियमलाई परिवर्तन गरेको छ । परिवर्तन गरेर २३ मार्च २०२४ देखि जेन्युन स्टुडेन्ट (जिएस) पेस गर्नुपर्ने जनाएको छ । विद्यार्थीहरूले सक्कली कागजपत्र बुझाउन भन्ने उदेश्यले यो नियम लागु गरेको छ ।


यस भन्दा अगाडी विद्यार्थीले जेन्युन टेम्पोररी इन्ट्रान्ट (जिटिइ) मा तीन सय शब्दको कुन कोर्स किन, अध्ययनमा जानु पर्ने कारण र आर्थिक अवस्थालाई खुलाएर आफ्नो भनाई लेख्नुपर्ने थियो । तर नयाँ नियम अनुसार विद्यार्थीहरूलाई प्रश्न सोधिने छ र विद्यार्थीले दिएको जवाफ सत्य हो वा झुट त्यसका आधारमा भिसा दिने वा नदिने निर्णय गर्ने छ ।


विद्यार्थीको वर्तमान अवस्था के छ ? परिवारसँगको सम्बन्ध कस्तो छ ? समाजसँगको सम्बन्ध कस्तो छ ? रोजगारको अवस्था वा गरेको छ कि छैन ? विद्यार्थीको आर्थिक अवस्था कस्तो छ ? उसले छनोट गरेको कोर्स अध्ययनका लागि आर्थिक सहयोग हुन्छ की हुँदैन ? आफू पढ्न जान लागेको कोर्सको बारेमा कति जानकारी छ ? अस्ट्रेलिया छनोट गर्नुको कारण के हो ? अध्ययन गर्ने कोर्सले विगत कस्तो थियो र भविष्यमा कस्तो हुन सक्छ जस्ता प्रश्नहरू सोधिने छ ।