एनओसी लिने विद्यार्थीको भिड, एकै दिनमा १ हजार २ सय २२ ले लिए एनओसी

काठमाडौँ /१ चैत – समय विदेश अध्ययनमा जानका लागि नो अब्जेक्सन लेटर एनओसी लिने विद्यार्थीको सङ्ख्या बढेपछि वैदेशिक अध्ययन अनुमति पत्र वितरण गर्ने शाखामा विद्यार्थीको भिड लाग्ने गरेको छ । शाखाले समयमै एनओसी वितरण गर्न नसकेपछि विद्यार्थीको भिड लागेको हो ।


त्यसैगरी शाखा प्रमुख शान्ति राम पौडेलले सेवा प्रवाहलाई चुस्त बनाउन नसकेको भन्दै राजीनामा दिएका छन् । शाखामा काम गर्दा विभिन्न स्वार्थ समूहले घेरेको र सेवा दिन गाह्रो भएको भन्दै उनले फागुन ३० गते राजीनामा दिएको बताएका छन् ।
समयमा एनओसी पाउन नसकेको विद्यार्थीको गुनासो आउन थालेपछि शिक्षा मन्त्री सुमना श्रेष्ठ बिहिवार बिहानै शाखामा पुगेकी थिइन । उनले एनओसी शाखाको अनुगमन गरेपछि आफूले सहयोग गर्ने बताएर फर्कीन ।


साथै एनओसी प्रमुखको राजीनामा पछि वासुदेव वस्तीलाइ शाखाको जिम्मेवारी दिइएको छ । उनले तीन देखी चार दिनमा एनओसी लिने विद्यार्थीको भिड् कम हुने र सामान्य अवस्थामा ल्याइने बताए । उनले खबर एजुकेशनसँग कुरा गर्दै भने अहिले विद्यार्थीको भिड निकै छ । यसलाई घटाउन हामीहरू लागि रहेका छौँ । आज मात्रै १ हजार २ दुई सय २२ जनालाई वितरण गरेको छौँ । भोलि अझ धेरैलाई वितरण गर्छौ र चार दिन भित्र अवस्था सामान्यमा ल्याउँछौँ ।


शान्ति राम पौडेल शाखा प्रमुख भएर आउनु भन्दा अगाडी ओस्ती शाखा प्रमुख भएर काम गरेका थिए । उनलाई केही दिनका लागि बिहिवार वैदेशिक अध्ययन अनुमति शाखामा ल्याइएको हो ।


एकै दिनमा एनओसी लिनेको सङ्ख्या १ एक हजार २ सय २२


विदेश अध्ययनमा जाने विद्यार्थीहरूलाई बिहिवार मात्रै १ हजार २ सय २२ जना विद्यार्थीलाई एनओसी वितरण गरिएको छ । बुधवारसम्म ८ हजार १ सय ८४ आवेदनहरू मध्ये बिहिवारसम्म ५ हजार ८ सय ९६ मा झरिएको छ । बिहिवार मात्रै ८ सय ६४ ले आवेदन दिएका छन् ।


आवेदन दिएकाहरू मध्ये आज मात्रै २ हजार ३ सय ४० जनाको आवेदन सत्यापन गरिएको छ । १५ सय आवेदन सत्यापन गर्ने लक्ष्य राखिएकोमा ८ सय ४० आवेदन रुजु गरिएको हो ।