१३ विषयमा २६ शिक्षक माग

काठमाडौँ /१४ फागुन – पाटन संयुक्त क्याम्पसले शिक्षक पदपूर्तिका लागि १३ विषयमा २६ आंशिक शिक्षक माग गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय अनुसार आंशिक शिक्षक व्यवस्थापन कार्यविधि अनुसार शिक्षक पदपूर्तिका लागि आवेदन माग गरेको हो ।


कम्तीमा एक शैक्षिक सत्रको अध्यापन पुरा गरेका शिक्षकलाई व्यवस्थापन, ग्रामीण विकास, भौतिक शास्त्र, वातावरण विज्ञान, गणित, प्राणीशास्त्र, जनसङ्ख्या अध्ययन, राजनीति शास्त्र, रसायन, समाज शास्त्र, मानव शास्त्र, अर्थशास्त्र, वनस्पति र प्रणाली शास्त्रका विषयमा शिक्षक माग गरेको छ ।


व्यवस्थापन र ग्रामीण विकासमा ४÷४, भौतिक शास्त्रमा ३, जनसङ्ख्या,राजनीति, रसायन, गणित र समाज शास्त्रमा २ र अन्य विषयमा एक एक गरी कुल २६ जना आंशिक शिक्षक माग गरिएको सूचनामा उल्लेख छ ।


आवेदन फागुन १३ गतेदेखि २७ गतेसम्म क्याम्पसको प्रशासन शाखामा आवेदन दिन सकिने छ ।