काठमाडौँ /१२ फागुन – मन्टेश्वरी एसोसिएसन नेपाल (म्यान) को आयोजनामा दोस्रो इन्टर प्रिस्कुल स्पोर्टस् ९एनआइपिएस० – तफिसा २०२४ शनिवार समापन भएको छ ।
दुई दिन सम्म सञ्चालन भएको स्पोर्टस् डे को अन्तिम दिन प्रमुख अतिथि जापानी दूतावासका डेपुटी चिफ अफ द मिसन मि। तामुरा ताकाहिरोले विजयी खेलाडीहरूलाई पदक वितरण गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रूपमा जापानी दूतावासकी प्रतिनिधि तामुरा जुन्कोको पनि उपस्थिति रहेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा भएको स्पोर्टस् मन्टेश्वरी एशोसियसन नेपालकी केन्द्रिय अध्यक्ष सुष्मा लामाको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको दोश्रो दिन युकेजीका २ सय छात्र तथा छात्रा खेलाडीहरूले ७५ मिटर दौड, ५० मिटर दौड, ट्रकमा फुटबल गुडाउने, स्याक रेस, बल टार्गेटिङ्ग, शिरमा प्लेट राखेर ब्यालेन्स गर्दै दुरी पुरा गर्ने, कप टावर मेकिङ्ग, ५० मिटरको दौड गर्दै सहि तरिकाले टिसर्ट लगाउने जस्ता बालबालिकाका लागि सुहाउने खेलमा प्रतिस्पर्धा गरेका थिए ।
स्पोर्टस् कार्यक्रमलाई सम्बोधन गर्दै म्यानकी अध्यक्ष लामाले खेलकुद भनेको जित हार मात्र नभई खेलाडीहरूको मानसिक र स्वास्थ्य विकासका साथै फनको रूपमा समेत रहेको बताइन् । उनले खेलकुद स्वास्थ्य र मानसिक विकासको लागि आवश्यक रहेको भन्दै सबैका लागि खेलकुद ९स्पोर्टस् फर अल० भन्ने नारालाई मूर्त रूप दिन अन्तराष्ट्रि संस्था द एशोसियसन फर ईन्टरनेशनल स्पोर्टस् फर अल ९तफिसा० मा म्यानलाई आबद्धता दिलाएको बताइन् ।
समापनका दिन जापानी खेल केन्दोको प्रदर्शन गरिएको थियो । बालबालिकाहरूले स्पोर्टस् डेलाई मनोरञ्जनात्मक रूपमा लिएका थिए । स्पोर्टस्मा म्यान आबद्ध १७ विद्यालयका ४ सय छात्र छात्राको सहभागिता रहेको थियो । तफिसामा नेपाल ओलम्पिक कमिटीको समेत आबद्धता रहेको छ ।