काठमाडौं/१० फागुन – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराललाई नियुक्ति गरिएको छ । नाम सिफारिस गर्न गठित सिफारिस समितिले तीन जनाको नाम सिफरिस गरेको मध्ये प्रधानमन्त्री एवम् कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बराललाई नियुक्ति गरेका हुन ।
सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले फागुन ६ गते प्रा. डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरज बराल र प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ’सर्टलिस्ट’ मा १४ जना परेका थिए भने तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई आइतबार सिफारिस गरिएको थियो ।