काठमाडौँ /९ फागुन – शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेसँगै माग गरिएको पद संख्या भन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन् । आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको जेठ २० गते र असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सञ्चालन गरेको थियो ।
२०७९ चैतमा आयोगले काठमाडौंबाहेक ७६ जिल्लामा सात हजार नौ सय ५४ शिक्षक पदपूर्तिका लागि विज्ञापन गरेको थियो ।
माग गरेको थियो । आयोगले गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन गरेको थियो । १३ असोजमा लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा सात हजार दुई सय ७१ जना प्रतियोगी मात्रै छनोट भएका छन् । यो संख्या मागभन्दा ६ सय ८३ कम हो ।
७६ मध्ये ४३ जिल्लामा मात्र माग गरेअनुसार परीक्षार्थी उतीर्ण भएका छन् । पछिल्लो नतिजाअनुसार यसवर्ष मा माग गरेअनुसार शिक्षक पदपूर्ति नहुने भएको छ ।
कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उतीर्ण भएका छन् । बाँकी १२ जिल्लामा कम प्ररीक्षार्थी उतीर्ण भएका छन् । त्यसमध्ये सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।
मधेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मात्र मागअनुसार शिक्षक उतीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटको १३ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।
बागमतीका काठमाडौंबाहेकका जिल्लामा कुल एक हजार ३३२ शिक्षक माग गरेकामा १५३ जना कम परीक्षार्थीले मात्र लिखित परीक्षामा नाम निकालेका छन् ।
दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।
गण्डकीमा बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।
लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् । कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उतीर्ण भएका छन् ।
सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उतीर्ण भएका छन् । अरु जिल्लामा भने माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् । उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता २० फागुनदेखि जिल्ला शिक्षा समन्वय इकाइमा हुनेछ ।