मावि तह खुला परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (यसरी गर्नुहोस प्रिन्ट)

काठमाडौं/९ फागुन–शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा प्रवेश पत्र प्रिन्ट गर्न सकिने जनाएको छ । खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन बमोजिम दरखास्त फाराम भरेका उम्मेदवाहरुले परीक्षा प्रवेश पत्र प्रिन्ट गर्न सकिने जनाएको हो ।


आयोगले आफ्नो आधिकारिक अनलाईन दखास्त प्रणालीबाट दरखास्त फाराम रजिष्टार्ड गरिएको इमेल र पासवर्डबाट लगइन दरखास्त पेस गरेको विवरणमा क्लिक गरी पुनः भ्युमा क्लिक गरेर प्रवेशपत्र डाउनलोड गरि प्रिन्ट गर्न सकिने जनाएको छ ।


साथै प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेश पत्र सुरक्षित राख्न र परिक्षामा आउँदा साथमा अनिवार्य रुपमा ल्याउन सूचनामा उल्लेख गरेको छ । यदी आफ्नो इमेल र पासवर्ड बिर्सिएको अवस्थामा शिक्षक सेवा आयोगको दरखास्त पोर्टलमा दिइएको निर्देशन अनुसार गर्न भनिएको छ ।


यहाँबाट गर्नुहोस प्रिन्ट :