नेशनल प्याब्सन भक्तपुर फुटसल कप मदरल्याण्डलाई

भक्तपुर/९ फागुन – नेसनल प्याव्सन भक्तपुरको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगितामा मदरल्याण्ड स्कुल विजयी भएको छ । मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा युनिटी स्कुलसँग र आधारभूत तहको फाइनल खेलमा ईडेन गार्डेन स्कुलसँगको प्रतिस्पर्धामा जीत हासिल गरी दुवै कप उचाल्न सफल भएको हो ।


माध्यमिक तहको खेलमा उपविजेता युनिटी स्कुल र आधारभूत तहको खेलमा ईडेन गार्डेन स्कुल उपविजेता भइ फस्ट रनरअपको सिल्ड प्राप्त गर्न सफल भएको छ । माध्यमिक तहको सेकेन्ड रनरअपमा ग्लीटर फ्यूचर स्कुल र क्वालिटी स्कुल हुन सफल भए । आधारभूत तहको सेकेन्ड रनरअपको उपाधि क्वालिटी स्कुल र आरक्षण नेशनल स्कुलले जित्न सफल भएका थिए । त्यसैगरी फेयर प्ले टिमको उपाधि माध्यमिक तहतर्फ पारिजात विद्याकुन्ज स्कुल र आधारभूत तहतर्फ जागृति विदा सदन स्कुलले पाएका थिए ।


साथै माध्यमिक तहको उत्कृष्ट खेलाडी मदरल्याण्ड स्कुलका खेलाडी निश्चल सुनुवार भएका थिए भने उत्कृष्ट गोलकिपर युनिटी स्कुलका खेलाडी आशिष् थापा भएका थिए । आधारभूत तहको उत्कृष्ट खेलाडी ईडेन गार्डेनका अमित मिजार भएका थिए भने उत्कृष्ट गोलकिपर मदरल्याण्ड स्कुलका खेलाडी एकिन कासुला भएका थिए ।


उक्त प्रतियोगिताको समापन एवं पुरस्कार वितरण प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, नेशनल प्याब्सन जिल्ला अध्यक्ष संजय खड्का, उपाध्यक्ष राम प्रसाद खाताखो लगाएतले शिल्ड र मेडल प्रदान गरे । अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगितामा भक्तपुरका नेशनल प्याब्सन सदस्य विद्यालयबाट माध्यमिक र आधारभूत तह गरी जम्मा ३२ वटा खेल समूह सहभागी रहेको जानकारी संयोजक सुमन शिल्पकारले जानकारी दिए ।