काठमाडौँ /४ चैत – प्रिमियर इन्टरनेसनल स्कुलले दुई अन्तर विद्यालय खेलकुद प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भएको छ । प्रिमियरका छात्र टोलीले नेपाल इन्टरस्कुल स्पोट्र्स एसोसिएसन लिग फुटबल २०२६ र १२औँ जेभियर इन्टरनेसनल यू १९ बास्केटबल प्रतियोगितामा च्याम्पियनको उपाधि जित्न सफल भएका हुन् ।
फुटवलतर्फ प्रिमियरले सेमिफाइनलमा द ब्रिटिस स्कुल लाई २–० ले पराजित गर्न सफल भयोे । फाइनलमा जेम्स स्कुलसँगको खेलमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकाल्दै प्रिमियरले उपाधि कब्जा ग¥यो । टोलीका गोलकिपर रेजिश न्यौपाने प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए ।
फुटबल टोलीको नेतृत्व कप्तान श्यामिर श्रेष्ठले गरेका थिए भने टोलीमा रेजिश न्यौपाने, श्याम श्रेष्ठ, निर्विक थापा, प्रवेश तामाङ, दृश्य रत्न शाक्य, निशाद सिटौला, इशान गौचन, रिशित मैनाली, तेन्जिङ दावो लामा, आर्यक कार्की, ओलिभर कार्की, आरजल अधिकारी, आरुष कार्की, संकल्प पोखरेल, अभिम रोका मगर, नोआ राय र अर्जु टी राजभण्डारी रहेका थिए । साथै सुरज महर्जन, सञ्जय श्रेष्ठ र सुगत श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
यसैगरी १२औँ जेभियर इन्टरनेसनल यू १९ बास्केटबल प्रतियोगितामा प्रिमियरको टोली अपराजित रहदै च्याम्पियन बन्न सफल भयो । लिग चरणमा गोल्डेन गेट कलेज (४६–४४), दिव्य कलेज )७०–२१) र जेभियर ‘बी’ (९१–१८) लाई सहजै हराएको थियो ।
क्वार्टरफाइनलमा टाइम्स कलेजलाई ५३–११ ले, सेमिफाइनलमा जेभियरलाई ७३–६१ ले पराजित गरेको प्रिमियरले फाइनलमा बंगलादेशको बीकेएसपी टोलीलाई ६७–४३ को फराकिलो अन्तरले हराउँदै उपाधिमाथि जित्यो ।
बास्केटबल टोलीमा दावा टी लामा तामाङ, प्रणय मान श्रेष्ठ, प्रथम श्रेष्ठ, ज्योत्सन जोशी, आदम्य महर्जन, आश्विन चालिसे, सुप्रिम महर्जन, सयुग्य महत र काइ योशी प्रजापति सम्मिलित थिए । टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधान रहेका थिए ।



