युवराज रेग्मी
झापा /२ फाल्गुन -झापाको दमक ५ स्थित दिपिनी आधारभूत विद्यालयमा समाजसेवी दुर्गा काफ्लेले सरस्वतीको मन्दिर बनाइ हस्तान्तरण गरेकी छन् ।
श्री पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालयको हाताभित्र समाजसेवी काफ्लेले स्वर्गीय पति मुकुन्द खनालको स्मृतिमा रु ५ लाख ५५ हजार लागत बराबरको सरस्वती माताको मन्दिर मुर्ति सहित निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेकी हुन ।
समाजसेवी काफ्लेले आफ्ना दिगम्बतहरूको स्मृतिमा विभिन्न समयमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा तथा पुस्तक बोक्ने झोला वितरण जस्ता कार्यक्रम गरेर सामाजिक छेत्रमा गरिब,दुखी अशक्तहरूलाई निरन्तर सहयोग गर्दै आएकी छन् ।
काफ्लेले यस भन्दा अघि दमककै आफू अध्यापन गराउने विद्यालय पाणिनि मा. बि. मा पनि सरस्वती मन्दिर बनाइदिएर विद्यालयलाई हस्तान्तरण गरेकी थिइन ।
दमक ९ निवासी समाजसेवी काफ्ले लामो समयसम्म शिक्षा छेत्रमा कार्यरत रहेर हाल निवृत्त जीवन व्यतीत रही समाज सेवामा निरन्तर सहयोग गर्दै आएकी छन् ।