काठमाडौं/१६ साउन-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा, प्रमाणपत्र तह तथा प्रि डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र कायम गरेको छ ।
वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमका लागि गत असार २९ गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने सूचना अनुसार रीतपूर्वक छात्रवृत्तिको अनलाइन फराराम भरी प्रवेश प्राप्त गरेका परीक्षार्थीहरुलाई परीक्षा केन्द्र निर्धारण गरेको हो ।



