बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने तयारी

काठमाडौं/१३ जेठ-नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ । बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने भएको हो ।


प्रतिष्ठानले शुक्रबार नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सो निर्णय गरेको जानकारी दिएको छ । प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्दको रहेको भन्दै धेरै उजुरी आएको बताए ।


उनले बृहत् नेपाली शब्दकोशमा कुनै पनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताए । उनले बृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायसँग छलफलपछि समिति बनाएर काम अगाडि बढाउने जानकारी दिए ।


राईले आगामी चार वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताए ।