काठमाडौं /२१ बैशाख-शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खला प्रतियोगितात्मक परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको छ । आगामी जेठ २० गते १ बजे सञ्चालन गरिने विषयगत सामान्य परीक्षामा सहभागी हुनका लागि प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको हो ।
२०७९ चैत ९ गते प्रकाशित विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त फाराम रजिष्टर्ड गरिएको इमेल ठेगाना र पावर्ड प्रयोग गरी प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिने आयोगले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।
साथै प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तैः नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहादानी अनिवार्य रुपमा साथमा ल्याउन समेत जानकारी गराएको छ ।
यहाँबाट गर्नुहोस प्रिन्ट :




