काठमाडौं/२१ बैशाख-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्न विषयमा परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।
वार्षिक परीक्षा प्रणाली अनुरुप २०८० सालमा सञ्चालन हुने एक वर्षे बि. एड.(आंशिक २०७८), ३ वर्षे एल.एल.बि दोस्रो (आंशिक २०७८ र नियमित २०७७),४ वर्षे बि.टेक प्रथम, दोस्रो, तेस्रो र चौथो (२०७९) वर्षको परीक्षा केन्द्र निर्धारण गरेको हो ।
परीक्षा सञ्चालन दिउसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने छ ।
हेर्नुहोस परीक्षा केन्द्र :


