काठमाडौं/२० वैशाख-बर्दघाट नगरपालिकाले सार्वजनिक पदमा आसिन सबैलाई आफ्ना छोराछोरी सामुदयिक विद्यालयमा भर्ना गर्न निर्देशन दिएको छ । पालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरु र सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सबैलाई निर्देशन दिएको हो ।
नगर कार्यापालिकाले एक सूचना जारी गर्दै बर्दघाट नगरपालिकाको नगर शिक्षा ऐन २०७७ (पहिलो संशोधन सहित) को दफा ११ (११ क) मा नगर सभाका सदस्यहरु, नगर कार्यापालिकामा कार्यरत कर्मचारीहरु, नगर पालिका भित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना आग्रह गरेको छ ।




