काठमाडौं/२० वैशाख-अनलाइन दखास्त प्रणाली होष्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा समस्या आएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइ परीक्षा दस्तुर बुझाई दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।
सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगले जनाएको छ । सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको जानकारी दिएको छ ।
डाटा रिकभरीको प्रयास भइरहेको तर यो प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने एकिन गर्न नसकिने भएकाले २०८० साल जेठ महिनादेखि सन्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित हुने र दरखास्त दिइ परीक्षाको तयारी गरिरहेका उम्मेदवारहरुलाई समेत मर्का पर्ने देखिएकाले पुनः आवेदन माग गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस सुचना :
https://psc.gov.np/uploads/scroll_update/20230503080610645215f290063.pdf



