काठमाडौं/२९ चैत–नेपाल शिक्षक संघको ९ औं महाधिवेशन यही चैत २८ गतेदेखि ३० गते सम्म काठमाडौंमा भइरहेको छ । २०७४ सालको चैत ४ गते गठित समितिले २०७८ सालको चैत ४ गतेभित्रमा गरिसक्नुपर्ने महाधिवेशन विभिन्न कारणले समयमा हुन सकेन र १३ महीना ढिलो महाधिवेशन हुँदै छ । करीब ६ सय जना महाधिवेशन प्रतिनिधिहरु रहेको नेपाल शिक्षक संघले केही दिनमा नयाँ नेतृत्व पाउने छ । नेपाल शिक्षक महासंघमा आवद्ध घटकहरु मध्ये सबै भन्दा ठुलो घटक नेपाल शिक्षक संघ हो । यसै सवालमा अहिले शिक्षक संघको तर्फबाट महासंघमा महासचिव पदमा रहेका तथा नेपाल शिक्षक संघका वरिष्ठ शिक्षक नेतृत्व लक्ष्मीकिशोर सुवेदीसँग खबर एजुकेशनले गरेको संवाद :
नेपाल शिक्षक संघको महाधिवेशन चलिरहेको छ, संघमा कस्तो नेतृत्वको खाँचो देख्नु हुन्छ ?
महाविधेवशन शिक्षक कर्मचारीका पेशागात माग मुद्दा के हुन्, तीनीहरुका बारेमा आगामी ४ वर्षमा गर्ने काम के हो ? जस्ता विषयमा गम्भीर छलफल हुन आवश्यक छ । यस सवालमा ठोस निष्कर्ष निकाल्नु पर्छ । महाधिवेशनको बन्द सत्रमा ६ वटा फरक फरक प्रतिवेदनहरु पेश हुँदैछन् । ती प्रतिवेदन उपर गहन छलफल गरेर परिमार्जित र समृद्ध बनाउनु पर्छ । महाधिवेशनको अर्को पक्ष भनेको नेतृत्व चयन पनि हो । यस सवालमा दक्ष, योग्य, इमान्दार, पेशागात माग मुद्दा उठाउन सक्ने र स्वच्छ सामाजिक छवि भएको व्यक्तिलाई नेतृत्वमा पठाउनु पर्छ ।
अहिलेको संघीय समितिले शिक्षकका लागि के कति काम गर्न सक्यो जुस्तो लाग्छ ?
अहिलेको संघीय समितिले आफ्ना नियमित कामहरु सबै गरेको छ । सबै प्रदेश, जिल्ला, पालिकाहरुमा अधिवेशन सकेको अवस्था छ । त्यसमा मधेश प्रदेश बँकी छ भने, उदयपुर जिल्लाको बँकी छ । यसरी हेर्दा ६ प्रदेश, ७६ जिल्ला र ७ सय ५३ पालिकामा अधिवेशन सम्पन्न भई चैत २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन हुँदै छ । यसलाई हेर्न हो भने संगाठानिक सवालमा यो समितिले राम्रो काम गरेको देखिन्छ ।
पेशागत कामहरु मुलत नेपाल शिक्षक महासंघसँग जोडिन्छन् । पेशागत माग मुद्दाको सम्बन्धमा पनि यो कार्यकालमा धेरै काम भएका छन् । यसै कार्यकालमा २०७५ र २०७८ मा गरेर दुई वटा ठुला आन्दोलन भयो । ती आन्दोलनमा क्रमशः ३० बुँदे, ५१ बुँदे सम्झौता भए । सम्झौताका धेरै मागहरु शिक्षा ऐन र नियमावलीले सम्बोधन गर्नुपर्ने भएकोले त्यस्ता प्रकृतिका कामहरु कार्यन्वयनमा आउन सकेका छैनन् । तर नयाँ ऐन नआई काम सम्पन्न गर्न सकिने थुप्रैकामहरु सम्पन्न भएका छन् ।
१. २०७५को आन्तिरीक परीक्षा सम्पन्न भई १४ हजार २ सय ७० शिक्षक यही कार्यकालमा स्थायी हुन सफल भए ।
२.स्थायी हुन नसकेका अस्थायी शिक्षकले स्थायी शिक्षक सरह गोल्डेन हेण्डचेक प्राप्त गरे । परीक्षामा सामेल भएर अनुत्तीर्ण हुने कुनै पनि शिक्षकलाई यस्तो व्यवस्था अरु कुनै देशमा छैन ।
३.जागीर पुस्थापनाका लागि आन्दोलन गरेका केही शिक्षक शिक्षकहरुले गोल्डेन हेण्डचेक पाएका थिए । त्यस्ता शिक्षकहरु जो बाँकी रहनु भएको थियो उहाँहरुका लागि पुन सूचना जारी गराउन सफल भएका छौं ।
४.विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको पारिश्रमिक ६ हजारबाट वद्धिभएर १५ हजारमा आएको छ । यद्यपी यो तलब कम भएको र प्राथमीक द्धितीय सरह हुनुपर्छ भनेर संघले माग गरेको छ ।
५. बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीहरुका लागि पोशाकको प्रबन्ध भएको छ ।
६. आन्तिरीक परीक्षामा सामेल भएका कारण नियम विपरित सेवाबाट हटाइएका करीब एक हजार राहत शिक्षकलाई पुन स्थापना गर्न सफल भएका छौं ।
७.गाभिएका विद्यालयका कर्मचारीहरुको पेशाको निरन्तरता रोकिएको तलब भुक्तानी गर्न सफल भयौं ।
८.द्धन्द पिडित शिक्षक कर्मचारी सुझाब समिति गठन गरेर समस्या समाधान भएको छ । ८ सय ३३ जनामा कतिपय शिक्षकले यसको सुविधा लिए भने कतिपय शिक्षक पेशामै फर्किनु भएको छ ।
९. शिक्षक अस्पतालको काम प्रारम्भ गरिएको छ ।
१०. पेन्सन पट्टाको नविकरण जिल्लाबाटै हने व्यवस्था गरिएको छ ।
११. यसै समयमा शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिका लागि दबाब दियौं ।
१२. शिक्षकका लागि कोभिड खोपको व्यवस्था गर्न सफल भयौं ।
नेपाल शिक्षक संघको महाधिवेशनमा शिक्षकहरु प्यनलमा विभाजन भएको देखिन्छ । यो ठिक हो ?
प्यानल हुनु राम्रो होइन तर, अहिले अनिवार्य बाध्यता भएको छ । प्यानल नहुँदा उम्मेदवारहरु मध्ये उत्कृष्ट उम्मेदवार छान्न अवसर हुन्थ्यो । प्यनल भएपछि उत्कृष्टको छनोटलाई थाती राखेर सामिप्यताको आधारमा मतदान गर्नुपर्ने भयो । यसले राम्रो नेतृत्व छनोटमा बाधा पुगेको छ । त्यसैले प्यनलमा जाँदापनि अधिक भन्दा अधिक राम्रो र योग्य मान्छेलाई अठाउने अभ्यासमा लाग्नु पर्छ ।
महाधिवेशनको रौनक चलिरहँदा शिक्षकहरु राजनीतिमा लागे भन्ने आरोप छ नि ?
वुद्धिजिवि मान्छे राजनीतिक निरपेक्ष हुन्छ भन्ने म ठान्दीन । कुनै न कनै आस्था सिद्धान्त प्रति धेर थोरै झुकाव हुन्छ नै । तर, त्यो झुकाव र संलग्नताले पदिय धर्म निर्वाह र पेशागत जिम्मेवारीमा असर गर्न हुँदैन । पढाउँदै गर्दा मात्र शिक्षक हुनुपर्छ अन्य समयमा हामी नागरीकको रुपमा आस्था विचार प्रकट गर्न स्वतन्त्र छौं ।
अन्तमा के भन्नु हुन्छ ?
महाधिवेशनमा हुने प्रतिस्पर्धालाई स्वच्छ र स्भाविक मानेर सामेल हुनुपर्छ । परिणाम जे आएपनि विजयीहरुले विजय हुन नसक्नेहरुलाई समेटेर एक साथ अघि बढ्नु पर्छ । साथै उपविजेताहरुले समस्याको समाधान गर्नका लागि संस्थाको उन्नतीका लागि सकारात्मक सहयोग र खबरदारी गर्नुपर्छ ।