एलएल बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि त्रिविको सूचना

काठमाडौं/३० चैत-त्रिभुवन विश्वविद्यालय, कानून संकाय, डीनको कार्यालयले एलएल बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फाराम भर्नाका लगि सूचना जारी गरेको छ । शैक्षिक सत्र २०७८ ०७९ का लागि वार्षिक प्रणालीमा स्नतक तह एलएल बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन भर्न र परीक्षा सञ्चालन हुने सूचना जारी गरेको हो ।


विश्वविद्यालयले २०८० बैशाख १० गतेदेखि जेठ ९ गतेसम्म अवेदन फाराम वितरण र दर्ता गरीने जनाएको छ । साथै जेठ २७ गते बिहान ११ बजेदेखि २ बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *