झापाका सामुदायिक विद्यालयमा मोडुलर मन्टेस्वरीको स्थापना

युवराज रेग्मी
झापा/४ चैत-आरम्भ फाउन्डेसन गैर सरकारी संस्थाले झापाका केही सामुदायिक विद्यालयहरुमा मोडुलर मन्टेस्वरी स्थापना गरेको छ । “द होप क्लासरुम “ नाम दिएर स्थापना गरिएको मोडुलर मन्टेस्वरी कक्षाले सामुदायिक विद्यालयहरुमा आशाको बीउ रोप्ने कार्यको सुभाआरम्भ गरेको छ ।


नेपालको सन्दर्भमा निजी विद्यालयहरु तुलनात्मक रुपमा सुबिधासम्पन्न देखिने गरेका छ्न । निजी विद्यालयहरुको तुलनामा सामुदायिक विद्यालयहरुमा पनि शिक्षा सुधारका लागि दीर्घकालीन सोच राखी आवश्यक पहलकदमी गर्दै शैक्षिक सामाग्रीहरु उपलब्ध गराउन सकिए शिक्षाको गुणस्तर सुधार गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न नमुना स्वरुप झापाका सामुदायिक विद्यालयहरुमा मोडुलर मन्टेस्वरीको स्थापना गरिएको छ ।


द होप क्लासरुम अन्तर्गत हाल झापाको गौरादह नगरपालिकाका ३२ सामुदायिक विद्यालयहरु मध्ये ९ वटा सामुदायिक विद्यालयहरुमा मोडुलर मन्टेस्वरी स्थापना गरिने फाउन्डेसनले जनाएको छ । संस्थाको नमुना छनौटमा परेका नगरका प्रत्येक वडाका १/१ वटा सामुदायिक आधारभुत विद्यालयहरु मध्ये ५ वटा विद्यालयहरुमा निर्माण तथा हस्तान्तरण सम्पन्न भैसकेको छ ।

साथै निर्माणाधीन अवस्थामा रहेका ४ वटा मोडुलर मन्टेस्वरीहरु चैत्र महिना भित्रमा निर्माण सम्पन्न गरि हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । प्रती कक्षा रु २ लाख ७७ हजार ५ सय निर्माण लागत रहेको सुबिधा सम्पन्न मोडुलर मन्टेस्वरी कक्षामा मन्टेस्वरी शिक्षण पद्धति अनुरुप बमोजिमको खेल कक्ष , पठनपाठन साथै लेखन छेत्र , श्रव्य दृष्य छेत्र , मिनि लाइब्रेरी तथा रचनात्मक अध्ययन छेत्र लगायतका आवश्यक सामाग्री सहितको सुविधायुक्त कक्षाकोठा तयार गरिएको छ ।


झापाका बिपन्न लक्षित वर्गको शिक्षा तथा स्वास्थ्यमा निरन्तर सहयोग र सेवा पुर्याउदै आइरहेको आरम्भ फाउन्डेसनका संस्थापक डा. अर्जुन घिमिरेले जानकारी दिए । बिगतमा सस्थाले झापाका विभिन्न विद्यालयहरुमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन र स्वास्थ्य सामाग्री वितरण तथा शैक्षिक समाग्रीहरु वितरण गर्दै आइरहेको घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *