अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीको संख्या ५७ हजार बढी

काठमाडौं/३ चैत-उच्च शिक्षा अध्ययनका लागि नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीको संख्या ४४ सय ३४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २० वर्षको तथ्याङ्क हेर्दा नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको संख्या ४४ सय ३४ प्रतिशतले वृद्धि भएको हो ।


सन २००२ मा १२ सयको हाराहारीमा मात्रै नेपाली विद्यार्थीहरु अष्ट्रेलिया पढ्न गएको देखिए पनि त्यो संख्या अहिले उल्लेख्य बढेको छ । अष्ट्रेलियाको शिक्षा विभागको पछिल्लो तथ्याङ्क अनुसार २०२२ मा अष्ट्रेलियाको कलेज र विश्वविद्यालयहरुमा ५७ हजार बढी नेपाली विद्यार्थीहरुले पढिरहेका छन् ।


सन २००८ सम्म अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुको संख्या निकै कम देखिएको छ । तर, तथ्याङ्क अनुसार २००८ मा मात्रै १३ हजार ४ सय ४० जना विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए । त्यो समयमा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउने देशमा नेपाल छैटौं स्थानमा रहेको थियो ।


यो संख्या बढेर २०१७ मा २८ हजार ४ सय ८२ पुग्यो र त्यपछिका वर्षहरुमा नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया आउने विद्यार्थीहरुमा नेपाल तेस्रो स्थानमा रहँदै आएको थियो । २०२२ सम्म आईसक्दा ५७ हजार १ सय ८२ विद्यार्थी अष्ट्रेलिया पढ्न पुगेका छन् ।


खास गरि नर्सिङ, अकाउन्टिङ्, आइटी, हस्पिटालिटी लगाएतका विषयमा नेपाली विद्यार्थीहरु अध्ययन गर्न जाने देखिन्छ । पढाइ सकिएपछि काम गर्न पाइने, पिआर पाइने र प्रमानेन्ट भिसाको समेत सम्भावना देखिएकोले पछिल्लो समय नेपाली विद्यार्थीको प्रमुख गन्तव्य अष्ट्रेलिया बनेको छ ।