३२ दिनमा १६ हजार १ सय १२ जनाले लिए एनओसी

काठमाडौं/२ चैत-उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या बढ्दै गइरहेको छ । दैनिक रुपमा ५ सयको हाराहारीमा एनओसी वितरण गर्दै आएको वैदेशिक अध्ययन अनुमति शाखाले केही दिन यता दैनिक १ हजार भन्दा बढी वितरण गरिरहेको छ ।


शाखाका अनुसार फागुन महिनामा र चैैतको १ र २ गते गरेर ३२ दिनमा १६ हजार १ सय १२ जनालाई एनओसी वितरण गरिएको छ । जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुन देखि एनओसी लिनेको संख्या बढेको शाखाका प्रमुख बासुदेव वस्तीले बताए ।


उनका अनुसार फागुन महिनामा जापान अध्यनमा जाने विद्यार्थीहरुको संख्य ८ हजार ९१ जना रहेका छन् । त्यस्तै फागुनमा अष्ट्रेलियाका लागि २ हजार ६ सय १० जनाले र क्यानडाका लागि १ हजार ६ सय ६० जनाले एनओसी लिएका छन् ।