मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगन

सुर्खेत/२ चैत-मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका केन्द्रीय विभाग, स्कुल तथा सम्पूर्ण क्याम्पसहरुको स्ववियु निर्वाचन स्थगन गरिएको छ । विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको निर्णयका आधारमा स्ववियु निर्वाचन स्थगन गरिएको हो ।


मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को आज बसेको बैठकले निर्णय नं. १२४७ बमोजिम । विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको निर्णयका आधारमा स्थगन गरिएको जनाएको छ ।


चैत तीन गते सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचन सम्पन्न गर्न सहज अवस्था नभएकोले पूर्व निर्धारित स्ववियु निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ । साथै विद्यार्थी संघ संगठनहरुसँग आवश्यक छलफल एवम् परामर्श गरी उपयुक्त समयमा निर्वाचनको मिति निर्धारण स्ववियु निर्वाचन सम्पन्न गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *