काठमाडौं/२ फागुन– काठमाडौंको तीनकुनेमा रहेको ट्रिटन ईन्टरनेशनल कलेजले आयोजना गरेको ट्रिटन फेयर २०२० सम्पन्न भएको छ ।
विभिन्न कलेजका विद्यार्थीहरूलाई एकै ठाउँमा राखी विद्यार्थीहरूको सीप तथा बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले फेयरको आयोजना गरिएको हाे । फेयरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुती दिनुका साथै फुड स्टल समेत प्रर्दशनीमा राखिएकाे थियाे ।
फेयरमा उपत्यकाका करिब २५ वटा विद्यालयका विद्यार्थीहरूले चित्रकला प्रतियोगितामा भाग लिएका थिए भने करिब १५ वटा विद्यालयले विज्ञान तथा प्रविधि प्रदर्शनीमा राखेका थिए । विद्यालयका प्राचार्य समिर शर्माले विद्यार्थीहरुको बौद्धिक ज्ञान र क्षमतालाई अरु माझ देखाउनका लागि फेयरले सहयोग गरेको बताए । उक्त फेयरमा विपि कोइराला मेमोरियल प्लानेटोरी तथा विज्ञान संग्रहालयका कार्यकारी निर्देशक डा.सनत कुमार शर्मा, भिजीट नेपाल २०२० को सचिवालयका सदस्य सचिव बच्चु बहादुर श्रेष्ठ लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
ट्रिटन ईन्टरनेशनल कलेज डि.भि एजुकेशन नेटवर्कको हिस्सा हो । जसअन्तर्गत थुप्रै शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आईरहेको छ । संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद शाहद्वारा प्रवद्र्धन शैक्षिक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा तरुण प्रताप शाहले स्वागत मन्तव्य राखेका थिए भने फेयरकाे सञ्चालन कुमार थापाले गरेका थिए ।