असल शिक्षक कसरी बन्ने ?

१) कक्षा कोठालाई शान्त बनाउनु होस्
शिक्षकले जहिले पनि शान्तीपूर्ण वातावरणमा पढाउनु पर्छ । एक आपसमा कुराकानी गर्ने तथा शिक्षक र विद्यार्थी बीच अन्तरसंवाद हुन सकेन भने सिकाइ क्रियाकलाप प्रभावकारी हुन सक्दैन तर कक्षालाई शान्त बनाउने नाममा शिक्षक विद्यार्थीको अन्तरसंवादलाई शून्य बनाउनु हुदैन् ।


२) उद्देश्य निर्धारण गर्नुहोस
कक्षाकोठामा प्रवेश गर्नु भन्दा हगाडि जहिले पनि शिक्षकले आज के पढाउने, कसरी पढाउने भन्ने कुरा ध्यानमा राखेर पढाउन जरुरी हुन्छ । विद्यार्थीले के सिकुन भन्ने अपेक्षा सहित सोही अनुसार पढाईलाई अगाडि बढाउनु पर्छ ।


३) विषयवस्तुको गहिराइमा पुग्नु अगाडि विद्यार्थीलाई मौखिक प्रश्न सोध्नुहोस
पूस्तकमा भएको विषयवस्तु अनुसार सिधै पढाँउदा सम्बन्धित विषय विदार्थीलाइ अनौठो लाग्न सक्छ । यस्तो अवस्थथामा उनीहरुलाई पृष्ठभूमि बनाउने गरी मौखिक रुपमा नँया नयाँ विषयवस्तु बारे सोध्नुपर्छ । जसले विद्यार्थीलाई किताब पढेपछि अझ धेरै ज्ञान दिन सकोस ।


) सकारात्मक सोचका साथ प्रतिस्पर्धा गराउनुहोस
विद्यार्थीलाई प्रतिस्पर्धा बनाउन एक आपसमा स्वच्छ प्रतिस्पर्धाको भावना विकास गराउनुहोस् । कुन विषयमा कुन विद्यार्थीले धेरै लेख्न सक्छ वा व्याख्या गर्न सक्छ भन्ने बानीको विकास गराउनुपर्छ । जसले विद्यार्थीलाई रचनात्मक र मेहनती बाउन समेत मद्दत पुराँउछ ।


५) कक्षाकोठाको व्यवस्थापन
कक्षाकोठा प्रवेश गर्ने वित्तिकै विद्यार्थीलाई असल र नम्रताको साथ व्यवहार गर्नुहोस । उनीहरुलाई तपाँइको व्यवहार र हाउवाउको आधारमा विद्यार्थीले तपाँइलाई कस्तो व्यवहार गर्ने भन्ने निधारर्ण गरेको हुन्छन् । विद्यार्थीको उमेर समूह अनुसार फरक फरक व्यवहार गर्नुहोस् ।


६) पाठ्योजना बनाउन नर्बिसिनुहोस
हरेक कार्य सम्पन्न गराउनका लागि योजनाको ठुलो भूमिका हुन्छ । त्यसैले शिक्षकले पनि पाठ्योजना बनाएर मात्र कक्षा कोठामा प्रवेश गर्नु पर्छ । शिक्षकले वर्ष भरि कुन एकाइलाई कति दिन पठाउनेदेखि लिएर कति दिन सम्म पढाउने स्पष्ट योजना बनाउनु पर्छ ।