दशै बिदा कसरी सदुपयोग गर्ने ?


दशै, नेपालीहरुको एक ठूलो पर्व हो । बालबच्च देखि लिएर ठूलो मानिस सबै जना दशै भन्ना साथ खुसियाली छाँउन थाल्छ । झन बालबालिका नयाँ लुगा, गाँउ जाने, पिङ खेल्ने भन्ने कुराले उनीहरुको मुहारमा खुसीको भाव देख्न पाइन्छ । दशैमा मिठो मिठो खाने, साथीभाई भेट्ने खुसी एकातिर हुन्छ भने अर्कोतिर हुन्छ स्कुल बिदा । दशै र तिहार गरेर धेरै दिन विदा हुने गर्छछ । यस समयको बिदालाई कसरी सदुपयोग गर्नुपर्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।


१) विद्याथीको गृहकार्य समयमै सकाउनु पर्छ
दशै बिदामा विद्यालयहरुलाई दशै गृहकार्य गर्न दिन्छन् । यसरी गृहकार्यले विद्यार्थीको सृजनात्मक क्षमताको विकास हुन्छ । विद्यार्थीले आफ्नो बिदालाई सदुपयोग गर्दै आफ्नो गृहकार्य पनि समयमा नै सकाउनपर्छ । त्यसो गर्नाले पढेको कुरा पनि याद रहन्छ र अन्तिम समयमा दबाबमा बसेर गृहकार्य सकाउनु पनि पर्दैन ।


२) धार्मिक, सास्कृतिक ज्ञान आर्जन गर्ने
धार्मिक, सांस्कृतिक, नैतिक ज्ञान आर्जन गर्ने सबैभन्दा उत्कृष्ट मौका हो दशै र तिहार । नेपालीको एक मूख्य चाड भएको कारणले यसको महत्व निकै नै रहेको हुन्छ । हामीले दशै जसतो हाम्रो मूल्य मानयता बोकेको चाडपर्वको बारेमा जानकारी र कसरी मनाइन्छ भन्ने कुरा जानी राख्न आवश्यक हुन्छ । ता कि पछि गएर पनि यो पर्वको अस्तित्व सधै रहिरहोस भनेर । यी पर्वको इतिहासको बारेमा पनि विद्यार्थीले जानकारी राखनु पर्दछ ।


३) आफन्तहरुसँग सम्बन्ध विकास
बालबालिकाहरु प्राय जसो समयमा स्कुलमा नै बित्ने गर्दछ । उनीहरुले आफ्नो परिवार र आफन्तहरुसँग समय विताँउन पाइरहेका हुदैनन् । जसले गर्दा उनीहरुको सम्बन्ध चिसिन पनि सक्छ । यस बिदाको समयमा बालबालिकाहरु आफ्नो आफन्तहरुसँग भेटधाट गरेर समय बिताँउनु पर्दछ ।


४) नयाँ ठाँउ धुमफिर गर्ने
दशैको टिका सकेपछि बालबालिकाहरु खाली रहन्छन् । त्यो खाली समयमा कतै टाढा धुमफिर गरि दिमागलाई ताजा बनाँउनुपर्दछ । लामो यात्राको लागि जानुपर्दछ किनभने अरु बेला बालबालिको तथा अभिभावकको कामको कारणले राम्ररी समय व्यतित गर्न पाएको हुदैन । त्यसैले दशैको बिदामा लामो यात्रा गर्दा निके राम्रो हुन्छ ।