कर्मवादी दर्शनमा जीवनको सार्थकता खोज्दा, भारतको सडक देखि शिक्षा मन्त्रालयको उपसचिवसम्म

काठमाडौं /१६ वैशाख-धेरैको भनाइ हुन्छ, सार्थक जीवन के हो ? मेरो बुझाइमा चाहिँ, जीवनको सार्थकता भौतिकतामा खोज्ने वा कर्मवादी दर्शनमा ? सो कुरामा आधारित भएर पहिल्याउनु र स्पष्टहुनु अति आवश्यक हुन्छ । हरेक मानिसको जीवनस्तर समीक्षा तथा विश्लेषण गर्दा दुई वटा विशेषताको चिरफार गरिएको हुनु पर्दछ । अध्ययन, अध्यापन कार्यमा रमाउने मानिसको जीवन एकातिर अति निरस र अर्कोतिर आर्थिक दृष्टिले विपन्नताको पूर्ण द्योतक लाग्दछ । केही मानिसहरु अध्ययनको अर्थ आफू पूर्ण हुनु हो र जसरी पनि धनी भौतिकताले भरिनु हो । यसैले समाजमा प्राचीन कालदेखिको यो भनाइअति प्रसिद्ध छ, जीवनमा सरस्वती रोज्ने वा लक्ष्मी खोज्ने ? सरस्वती र लक्ष्मीको चरित्र पनि विचित्रको विपरित मार्गको हुँदो रहेछ ।

सरस्वती रोज्नेले अलंकार, आभुषणको स्थानमा आफूमा पूर्ण सादगी, स्वच्छता, सेतो निर्मल परिधानमा शान्ति, ज्ञान, विवेकको संग्रहलाई सर्वोपरि ठान्दोरहेछ । आत्मानुभव तथा परानुभवको संयोजन गरी सहानुभूति र परानुभूतिको व्यवहारिक प्रयोगबाट विश्वबन्धुत्वभाव अंगाल्दो रहेछ । 


सरस्वती रोज्नेले अलंकार, आभुषणको स्थानमा आफूमा पूर्ण सादगी, स्वच्छता, सेतो निर्मल परिधानमा शान्ति, ज्ञान, विवेकको संग्रहलाई सर्वोपरि ठान्दोरहेछ । आत्मानुभव तथा परानुभवको संयोजन गरी सहानुभूति र परानुभूतिको व्यवहारिक प्रयोगबाट विश्वबन्धुत्वभाव अंगाल्दो रहेछ । गृहस्थ जीवनमा पनि आफ्ना सन्तान, घर परिवार, समाज, देश तथा विश्वलाई नै एकै दृष्टिले हेर्ने निष्पक्ष व्यवहार अपनाउँदो रहेछ । मानिसले गर्ने न्याय र अन्यायको समीक्षा गर्ने र अन्यायीहरुका विरुद्ध सम्झौता गर्नुलाई अपराध ठान्दो रहेछ । सत्य र तथ्य बोले तथा अडिए वापत शासक, प्रशासक ( राजनीतिक सत्ता, शक्ति र साधनस्रोत) को मदले अपमानगर्दा सहज रुपमा स्वीकार्दो रहेछ । सम्पन्नताको उपयोग वा उपभोगकर्ताहरुबाट अविवेकमा दिइने जुनसकै यातना सहन तथा विषपान गर्न पनि सुकरात मार्ग अवलम्बन गरेर मर्न तयार हुँदोरहेछ । तर सरस्वती देवीको भक्ति र श्रद्धाको दियो निभ्न नदिने परिचयको स्वरुप कायम गर्न सबै सेवासुविधा त्यागको लागि हाँसेर सक्दो रहेछ । यसैले यज्ञ, जप, तप र अनुष्ठानको सबैभन्दा कठिन परीक्षा सरस्वतीको अनुयायीहुनु रहेछ ।

लक्ष्मी– धनदौलतका पथगामीहरु आन्तरिक रुपमा जे जस्ताहुन् ? बाह्य आवरणमा अलंकार, आभुषणले सज्जिएका हुन्छन् । धनका लागि उचित, अनुचित, न्याय अन्याय, धर्म र पापको समीक्षा गर्दैनन् । धुत्र्याइ गरी धनदौलत तथा चलअचल सम्पत्तिको संग्रहलाई नै जीवनमा उच्च प्राथमिकतामा राख्छन् ।


लक्ष्मी– धनदौलतका पथगामीहरु आन्तरिक रुपमा जे जस्ताहुन् ? बाह्य आवरणमा अलंकार, आभुषणले सज्जिएका हुन्छन् । धनका लागि उचित, अनुचित, न्याय अन्याय, धर्म र पापको समीक्षा गर्दैनन् । धुत्र्याइ गरी धनदौलत तथा चलअचल सम्पत्तिको संग्रहलाई नै जीवनमा उच्च प्राथमिकतामा राख्छन् । लक्ष्मीको भूत चढेकाहरुमा धन दौलतका लागि अर्कोलाई मार्नु, पार्नु, लुट्नु, शोस्नुमा गौरव महसूस गर्दछन् । वैयक्तिक स्वार्थसाध्न कसैलाई पोस्नु र आफू र आफ्नालाई दास बनाएर अरु समक्ष समर्पित गर्नु, गराउनु अपमान मान्दैनन् । घोर नर्कको कथा र ऐन कानूनको सिमालाई पछाडि छाडेर चोरी गर्न सक्नु तथा अनाहकमा अर्कालाई डाम्नु, छलका लागि आफैँ डामिनु र इज्जत बेइज्जतको ख्याल नगर्नु लक्ष्मी लालसाको अन्ध भक्ति मानिन्छ । मानिसमा हुनपर्ने स्वाभीमानको भावनालाई पूर्ण रुपमा त्यागेर जसरी हुन्छ, भौतिक सुखसयलमा रमाउनु र दुनियाँलाई सान सौकतको अभिमान दर्शाउनु लक्ष्मीको विकृत अनुसरण ठानिन्छ । यसरी सन्तान, घरपरिवार, आफन्त, समाज, देश र विश्वतहमा नै राज्य, सरकार, सत्ता, शक्ति, साधन स्रोतको दोहन वा दुरुपयोग जे जस्तोे वैध, अवैध उपायबाट हुन्छ, धनाढ्यमा आफूलाई स्थापित गर्नसक्नु र धन सम्पत्ति आफूमा केन्द्रित गर्नु नै लक्ष्मीको प्राप्ति मार्ग र चारित्रिक परिचय हो भन्ने कथित शिक्षितहरुको बाहुल्यता समाजमा बढ्दो छ ।


यसै कारण मानव समाजमा लक्ष्मीका अनुयायी ९९ प्रतिशत हुँदा पनि सरस्वतीका पक्षधर १ प्रतिशत पनि पाउन कठिन हुन्छ, भनिन्छ । कारण सरस्वतीका अनुयायीलाई विचार, ज्ञान र तार्किकताले वैयक्तिक स्वार्थ र सानो हितको घेरामा नैतिकशील मानिसलाई बस्न दिदोँ रहेनछ । खुल्ला आकाश झैँ आग्रह र पूर्वाग्रह नराखी आत्मगत समीक्षा र अनुभव जन्यपोकाहरु खोल्न सक्ने क्षमता दैवी शक्तिका रुपमा प्राप्त हुँदोरहेछ । लक्ष्मीको लालसा नगर्ने र सरस्वतीको आराधनामा रमाउनेहरुलाई सत्ता, शक्ति र सामथ्र्यका नेता, नेतृ र अगुवालाई शिर झुक्ने गरी प्रमाणका आधारमा छ्यास्न सक्ने प्रबल शक्ति हुँदोरहेछ । त्यस्तै सरस्वतीको अनन्य अनुयायी, सरकारी सेवामा ३७ वर्षको तिता मिठा अनुभवका धनी कर्मवादमा विश्वास गर्ने र अतिकठोर परिश्रमी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेलसंग खबर एजुकेसनले विद्यालय शिक्षा, शिक्षण पेसा र वहाँका कर्मशील दर्शनका बारेमा गर्नुभएको कुराकानीको संपादित अंश :

पोखरेल बाध्यताको संस्कृत शिक्षा पढाइठान्ने तथा दिल्ली जाने रहरले संस्कृत पढियो र जीवनलाई सार्थक पारियो भन्ने व्याक्तित्व हुन् । संस्कृत भाषा, शिक्षाको अध्ययन, बहुआयामिक (धार्मिक, राजनीतिक, संस्कृतिक, शैक्षीक ) व्याक्तित्वको शिक्षा उपदेश र असल संगतप्रति कृतज्ञ र प्रतिफल संयोजन गर्न क्रियाशील व्याक्ति पनि हुन । साथै संस्कृत शिक्षा अध्ययनलाई चरमानन्दको प्राप्ति माध्यम, आत्मज्ञान र विश्वबन्धुत्वभाव संस्कार, त्याग निस्वार्थता, वैतिक स्वाभीमान र पेसागत कर्तव्य र आचरणमा उत्कृष्टता सावित गर्न प्रयासरत हुन । उनै व्याक्तित्वसँग गरीएको संवाद क्रमशः विभिन्न भागमा प्रस्तुत गर्ने छौं ।

बाल्यकाल तथा शिक्षाजग कस्तो रह्यो ?


मेरो अध्ययन गुल्मी, बलिथुम लुम्पेकको गाउँको साधारण स्कुलमा लौरो र हप्की दप्कीको बलमा नियन्त्रण गर्ने शिक्षकहरुबाट प्रारम्भ भयो । मलाई लाग्छ, सात आठवर्षको उमेरसम्म पूरा अक्षर र सयसम्मको अंकचिन्न र पढाइको गति लिन सकिरहेको थिइनँ । कहिले पास भएको घोषणा र अबिर लगाइन्थ्यो, कहिले तीन कक्षामा पुगेको केटोलाई केही नजानेको अभियोगमा कक्षा एकमा बसालिन्थ्यो । जीवनका विद्यार्थी कालका प्रारम्भिक चार पाँच वर्ष यसरी नै बितेछन् । म माथिको दुई वर्षे जेठो दाजु कक्षा सातमा पुग्दा एक दुई चकलेटका भरमा नाच्ने, गाउँने र पढाइको शून्यताको अवस्थाले घरमा सबैलाई पिरोलेको हुुनु पर्दछ ।


त्यतिबेलाको तुरांग स्वाँरा भन्ने स्थानमा सञ्चालित ज्ञानोदय निम्न माध्यमिक विद्यालयमा एकै चोटी चार कक्षामा भर्ना गरियो । पढाइ, लेखाइ, सिकाइ र प्रगति भन्ने कुराले कहिल्यै आकर्षण गरेन । बालबालिकामा हुनसक्ने सबै किसिमका दुर्गुणममा भरिएका थिए, ढाँट्ने, छल्ने, झुक्याउने, दिनभर वनजंगल र नदीमा बिताउने, विद्यालयमा तिर्नुपर्ने शुल्क नै खर्च गरेर वर्ष दिनसम्म स्कुल र घरमा लुकाउन सक्ने आदि, इत्यादि ।

एक दिन पिताजी घुम्दै विद्यालयमा पुग्नु भएछ, हेडसरले प्रधानपञ्च ज्यू (बलिथुम पञ्चायतको प्रधानपञ्च) तपाईको छोरा कहाँ पढ्छ ? विद्यालयमा त नियमित नै छैन, उसको समस्या के हो ? कोही कसै विद्यार्थीले कुनै उजुरी पनिगर्दैन, कक्षा पाँचमा भर्ना भएदेखि कुनै महिनाको शुल्क तिरेको छैन । नजिक नै पर्दैन भने उपचार कसरी हुन्छ ? हेडसरले पिताजीलाई चिन्ता मात्र थपिदिनु भएछ ।


एक दिन पिताजी घुम्दै विद्यालयमा पुग्नु भएछ, हेडसरले प्रधानपञ्च ज्यू (बलिथुम पञ्चायतको प्रधानपञ्च) तपाईको छोरा कहाँ पढ्छ ? विद्यालयमा त नियमित नै छैन, उसको समस्या के हो ? कोही कसै विद्यार्थीले कुनै उजुरी पनिगर्दैन, कक्षा पाँचमा भर्ना भएदेखि कुनै महिनाको शुल्क तिरेको छैन । नजिक नै पर्दैन भने उपचार कसरी हुन्छ ? हेडसरले पिताजीलाई चिन्ता मात्र थपिदिनु भएछ ।


सधैँझैँ खेलेर साँझ घर आउँदा तबेलामा घोडाको घण्टी बजेको सुनेर बुबाको डर पस्यो (दुई तिन स्थानमा घर भएकोले बुबाको बसाइ प्रायःगाउँको माझको मुख्य घरमा हुन्थ्यो, हामी पढ्ने भनिएकाहरु बेंसीको घरमा बस्थ्यौँ, त्यति बेलाआमा पनि साथै हुनुहुन्थ्यो ) घरमा पुगेर त्रास र आशंका साथ बुबालाई ढोगियो । बुबाले मेरो पढाइ, विद्यालय, शिक्षक र अतिरिक्त ट्युसन कक्षाका विषयमा जिज्ञासा र प्रश्न गर्न थाल्नु भयो । सबै बनावटी उत्तर सुनिरह्नु भयो, अन्तिममा मलाई रस्सीले बाँधेर खुट्टा माथि शिर तलपारी झुण्डाउनु भयो अनि पानीमा सिस्नो चोप्दै, झ्यामझ्यामको पुरस्कार र दिउँसोको अपमान खन्याउनु भयो ।


पढाइ प्रतिको उदासिनताले जीवन बर्वादीको मोडमा जान्छ भन्ने थाह थिएन ?


मलाई लाग्छ, त्यति बेला बालकेन्द्रित सिकाइ के हो ? पेसागत तालीम प्रशिक्षण नभएका तथा न्यूनतम योग्यता समेत नपुगेका व्यतिmलाई शिक्षकका रुपमा लौरो थमाएर कक्षामा पठाइन्थ्यो । विद्यालय, घर जतासुकै बालमानसिकताको ख्याल नगर्ने, हप्की, दप्की, रुखो व्यवहार र पिटाइको आधारमा बच्चाहरुलाई तहलगाउने नीति थियो । त्यो व्यवहारलाई मैले स्वीकार्न सकिनँ । पढाइको वातावरण रुचिकर, शिक्षक बालमैत्री थिएनन् । सिकाइका साधन प्रयोग हुँदैनथ्यो । पुस्तक खोल्यो भटाएर छोड्यो अनि प्रश्न गर्यो र उत्तर नदिए लौराको डर देखायो, हदैभए दण्डका लागि हात थाप्यो र सुन्निने गरी सप्कायो ।

नाम मात्रको शिक्षा प्रणाली, शिक्षणविधि र शिक्षण पेसा अपनाइएको थियो । परिणाम कसरी सुल्टो होस् ? अक्षरको महिमा नहुनुले उदासिनता, जीवनबारे सोच्ने र विश्लेषण गर्ने क्षमता कहाँहुनु ? मति र गति नै धेरै उल्टो भयो । मैले आफैँ विद्यालय छाड्ने तथा सडक बालबालिका झैँ स्वतन्त्र हुने निर्णय गरेँ ।


नाम मात्रको शिक्षा प्रणाली, शिक्षणविधि र शिक्षण पेसा अपनाइएको थियो । परिणाम कसरी सुल्टो होस् ? अक्षरको महिमा नहुनुले उदासिनता, जीवनबारे सोच्ने र विश्लेषण गर्ने क्षमता कहाँहुनु ? मति र गति नै धेरै उल्टो भयो । मैले आफैँ विद्यालय छाड्ने तथा सडक बालबालिका झैँ स्वतन्त्र हुने निर्णय गरेँ । फलत ः २०३३ साल असौज अन्तिममा ११ वर्षको उमेरमा घर छाडेर भागेँ ।


आजका सडक बालबालिकाले जे जे भोग्छन्, खान्छन् र गर्दछन् शायद त्यति बेला ती दुव्र्यसनका सामग्री उपलब्ध भएका भए, म पनि अनुभवी हुन्थेँ होला वा जीवन मार्गमा सक्किन्थे पनि होला । तर भगवत् कृपा रह्यो, सहृदयी मानिस र व्यवहारबाट ९० प्रतिशत भन्दा बढी मायालु र संरक्षित वातावरणको पहुँचमा हुनपुगेँ । यदाकदा १० प्रतिशत जति दानवीय स्वभावका नरपशुहरुको व्यवहार भोग्दै, कहिले सडक, कहिले घरेलु कामदार, कहिले स्कूल र आमा बुबाबाट पनि नपाएको माया पाएँ ।


यी सबै माया अपमान र सुख दुखका अनुभवलाई व्यवहारमा प्रयोग र परीक्षणगर्दै, तीती क्षेत्रमा अंगालो हाल्दै, केही समय पछि चञ्चलताको वशीभूत हुँदै तुरुन्त त्याग्दै, अर्को अर्को जोखिम मोल्दै नौ महिनाको समयमा भारतको आसाममा फूपू तथा फूपाजुको घरमा पुगेको थिएँ । पूरा नौ महिना आसाममा विनाकाम हल्लिएर बिताएपछि १३ वर्षे निकम्मा केटो लाज पचाएर घर फर्किएको थिएँ ।


तेह्र वर्षसम्म गति नलिएको पढाइ कसरी अगाडि बढ्यो ?


मेरा पाँच कक्षाका साथीहरु दुई वर्षको अवधिमा कक्षा सातमा पढ््दै थिए । आधारभूत जग बलियो नभएको र पढाइ प्रतिकुनै रुचिनभएको मेरो पढाइ गुणात्मकर क्षमताशील थिएन । अझदुई वर्षको सडक, रेलवे स्टेशन, कतै घरका महल जस्ता आरोह अवरोहको यात्रा र अठार महिनाको लक्ष्यविनाको मनचाहाखाते जीवनको स्वतन्त्र हल्लाइले बालमानसिकता पुरै विकृत भएको थियो । बुबालाई प्रधानपञ्चको मानको रक्षा र मेरो भविष्यको चिन्ताले शायद धेरै सताएको थियो ।


बुबा तथा अभिभावकहरुले जति सम्झाए पनि मैले पढ्ने, लेख्ने र ठूलो मान्छे बन्ने सपनालाई अस्वीकार गरेर गाउँमा अल्लारे भएर घुम्नथालेँ । मेरो बहुलठ्ठीपनको पिडामा रहेका पिताजीले हाम्रा गाउँका दाजुहरु दिल्लीमा संस्कृत पढिरहेकाले त्यतै जान्छस् भनी सोध्नु भयो । के हो संस्कृत, के हो ज्ञानगुनको पढाइ ? सबै चेतना सुन्य थियो । खाते र गोठाले संस्कृतिमा मन पसिसकेको थियो । तर दिल्लीको कुराले त्यहाँको रेलवे स्टेशनको करिब एक महिनाको चहलपहल– विना टिकट रेल चढेर कहिले पानीपत, हरियाणा, चण्डीगढ, कुरुक्षेत्र, मथुरा, गाजियावाद) को रेलको घुमाइ स्मरणभयो, तुरुन्त सहमति भयो र केटो २०३५ साल श्रावणमा दिल्ली पुग्यो ।


रमेश नगरमा रहेका दाजुहरुको समीपमा पुग्यो तर मोतीनाथ संस्कृत महाविद्यालय रमेश नगरमा कोटापूर्ति भएकोले भर्ना हुन सकेन । दाजुहरुले अन्यत्र दिल्लीको पश्चिम उत्तर हुुनुपर्दछ बकौली भन्ने स्थानमा कुनै कल्याणकारी साधुसन्तको गुरुकूल आश्रममा भर्ना गराउनु भयो । आश्रममा आफू खुशी गर्न नपाइने र किनेर ल्याएको बस्तु खान तथा राख्न नपाइने मात्र होइन, चार पर्खालबाट बाहिर जानपाइँदैनथ्यो । तर, छात्रावासको वरिपरि बकेना, सफेदा र बबुलका रुख थिए, तिनमा चढेर आफूलाई चाहिएको र अरुले मगाएको सामान समेत चोर बाटोबाट ल्याउथेँ । खानपिनमा दु:ख नगर्नु र चाहिएको पैसा यी यी मानिससंग लिनु भनीबुबाले सुविधा दिएकोले ससाना खर्चका लागि आर्थिक समस्या थिएन ।

तर, छात्रावासको वरिपरि बकेना, सफेदा र बबुलका रुख थिए, तिनमा चढेर आफूलाई चाहिएको र अरुले मगाएको सामान समेत चोर बाटोबाट ल्याउथेँ । खानपिनमा दु:ख नगर्नु र चाहिएको पैसा यी यी मानिससंग लिनु भनीबुबाले सुविधा दिएकोले ससाना खर्चका लागि आर्थिक समस्या थिएन ।


यसैले आश्रममा निश्चित समयमा उपस्थित हुनुपर्ने, नियमानुसार कामहरु पनि गर्नुपर्ने र दाताहरुले चलाउने भान्सा भोजन, प्रसादी फलफूलका लागि हाजिर हुनुपर्ने नियमलाई म बाट बेवास्ता हुन्थ्यो । मलाई यसरी उपस्थित भएर लाइन लागेर, हात फैलाएर थाप्नु र लिएर खान पटक्कै मन पदैनथ्यो । प्रायःम जादँै नजाने, गए पनि यताउता गर्दै नजिक नपर्ने र उम्किने गर्दथेँ । स्वामीजी अति दयालु र कठोरता दुवै चरित्र भएका हुनुहुन्थ्यो । शायद मेरा उद्दण्डताका विषयमा स्वामीजीलाई कसैले चुक्ली लगाएछ, अचानक स्वामीजी निरीक्षणमा आउनु भयो र मेरो सबै खानतलासी भयो, प्रशस्त बाहिरी खाने कुरा र करीब पाँच सय भारु पनि जफत गरियो ।


आश्रममा मेरो स्वन्त्रता र उद्दण्डता दुवै जबर्जस्त नियन्त्रण गरियो । यसै बीचमा चकचके बानी विद्युतको धरापमा परेँ, स्वामीजीले प्राण रक्षा गर्नुभयो, समीपमा बस, त्यहाँबसेर पढ, यो स्तुतितयार गर, आदिआदि पक्षमा संलग्न गराएर माया, ममता र अभिभावकत्व दिइरह्नु भयो । तापनि अर्को महाविद्यालयमा पढ्ने दाजु भेट्न आउनु हुँदाम धेरै रोएँ । वहाँले स्वामीजीबाट मेरा उदण्डता, उत्सुकता र सिर्जनशीलता र स्वाभीमानका कहानी पनि सुन्नु भयो र जफत गरिएको पाँचसय लिएर फर्किनु भयो ।


मैले कालकोठरी सरहको नौ महिनाको समय बिताएँ र अर्को वर्षको जेठमा वर्षे बिदामा घर जाने बहाना बनाएर, कुनै सामान नलिएर फर्कि आउने विश्वास पारेर कुनै अपरिचित नेपाली विद्यार्थीको सम्पर्क व्यक्तिलाई झुटा अभिभावक बनाएर आश्रमबाट निस्किएँ । तर जाने कहा ? घर आए फेरि दाजुहरुले पढिरहेको कलेजमा भर्ना छुट्ला भन्ने डर, त्यसैले सबै नेपाली बहादुर कान्छाले गर्ने सजिलो कामको बाटो कोठीमा कामदार भएर ढाँटेर दुई महिना समय बिताउँने निर्णयमा पुगेँ ।


संयोग पनिकस्तो ? चार जनाको सानो परिवार, सबै सेवासुविधा र सम्पन्नताका द्योतक लाग्ने घरमा कोठीमा काम गर्न थालेँ । तर एउटा खुट्टामा अपांगता भएकी अन्दाजी १८ वर्षकी दुर्जन छोरी रहिछन् । एक मिनेट खाली देख्नै नहुने हप्कउने, चड्काउने र खानपिनमा अपमान र भेदभाव गर्ने । तिनको कारण एक हप्ता पनि नहुँदै भागेर नजिकको मन्दिरमा शरण लिनपुगेँ । मसंग केही थिएन, आश्रमका महन्तले स्नेहसाथ शरण मात्रदिनु भएन । मानवीय आवश्यकताका सबै सुविधा र सम्मानको जीवन बाँच्न प्रेरित गर्नुभयो । म जस्तै चकचके अर्को मित्र पनि त्यहाँथिए, उनी विद्युतको धरापमा परे, मैले खुट्टा समाएर उद्धारकर्ता हुनखोज्दा झण्डै सिद्धिएको स्वामीजीले मेन स्वीचबन्द गरेर हामीदुवै बचेका थियौँ ।

आश्रममा बसेको दुईहप्ता भएको हुँदो हो ? घरेलु नोकरबाट भागेको कोठीका मालिकहरु आश्रममा मलाई देखेर भित्र पसे र चोरको आरोप लगाएर लछार पछार गर्न थाले । महन्तजीले त्यो आवाज सुन्नु भएछ र आएर रौद्र रुप देखाउनु भयो, पुलिस बोलाएर उनीहरुलाई पक्रिन तयार हुनु भयो र झुटा कुरा गरेर बच्चा माथि शोषण गर्ने अपराधी भन्दै जाँइलाग्नु भयो ।


आश्रममा बसेको दुईहप्ता भएको हुँदो हो ? घरेलु नोकरबाट भागेको कोठीका मालिकहरु आश्रममा मलाई देखेर भित्र पसे र चोरको आरोप लगाएर लछार पछार गर्न थाले । महन्तजीले त्यो आवाज सुन्नु भएछ र आएर रौद्र रुप देखाउनु भयो, पुलिस बोलाएर उनीहरुलाई पक्रिन तयार हुनु भयो र झुटा कुरा गरेर बच्चा माथि शोषण गर्ने अपराधी भन्दै जाँइलाग्नु भयो । उनीहरु पछि डरले थरथर काप्दै माफी मागेर आइन्दा यस्तो गल्ती गर्ने छैनौँ भन्दै फिर्ता गए । एउटा कहाँको जन्म कहाँको मरण ठेगान नभएका जोगीमहन्तले गर्नु भएको उपकारको ऋण आजका मितिसम्म पनि मैले पृथ्वीमा कुनै पुण्यकर्म गरेर फिर्ता गर्न सकेको छैन ।


महन्तजीको इच्छा यही आश्रममा बसेर पूर्वीय चरित्र सिक र ज्ञानविज्ञानमा आधुनिक भाषा र आवश्यकतालाई संस्कृतको अथाह ज्ञानभण्डारमा प्रयोग गर तथा प्रकाण्ड दर्शनशास्त्री बन । आश्रममा कुनै चिजको अभाव थिएन, सबै परिपूर्णता थियो । यसैले तिम्रो बौद्धिक तीक्ष्णता र जिज्ञासुपन भविष्यमा महानबन्ने सामथ्र्यको छ, मलाई विश्वास गर, म तिमीलाई साधु सन्त र जोगी बनाउने छैन ।


स्वामीजी, भन्नु हुन्थ्यो मेरो एक इच्छा छ, पूर्वीय ज्ञान, दर्शन र शिक्षालाई पाखण्डीहरुले कब्जा गरिरहेका छन्, तिनको भण्डाफोर गर्न र देश दुनियाँलाई सहीमार्गमा ल्याउने असल शिक्षा सेवीको उत्पादन गर्न सकूँ । भगवानले मेरो आश्रममा तिमीलाई ल्याइदिनु भएकोले इच्छाको पात्र तिमी नै हुनु पर्दछ । यसैले तिम्रो पढाइ, लेखाइ, बसाइ र सम्पूर्ण पाकेट खर्चको व्यवस्था म मिलाउँछु । आश्रममा तिमीले केही गर्नु पर्दैन, यो कोठा तिमीलाई छुट्टै हुने छ, विशेष ट्युसन लिन तथा कुनै कार्यक्रममा जाँदा आश्रमको गाडीले सेवा गर्ने छ, ।


तर अध्ययन, अनुसन्धान र शास्त्रार्थमा जहाँ सकै उपस्थिति र कठोर मेहनत तिमीबाट भएको हुनुपर्ने छ, भन्ने आग्रह स्वामीजीको थियो । तर मानिसलाई कुकुरलाई घ्यू नपचेझैँ, खाते मानसिकतामा फसेको मुर्खताको अन्तिम सीमामा पुगेको मजस्तो अभागीलाई कुन सुझाव, कुनउपदेश र कुनगाली भेद हुँदैन भन्ने भूत सवार भएछ । महास्वामीको आत्मा पढ्न र सहयोगको सारथी बन्न चेतना नै भएन, मैले करिब दुई महिनामा त्यो आश्रम, स्वामीजीको सहृदयतालाई अलपत्र छाडेर मोतीनाथ महाविद्यालयमा कक्षा आठमा सन् १९७९ मा भर्ना लिएँ ।


त्यसपछिको दिल्लीमा मोतीनाथ महाविद्यालयका पाँच वर्ष र शिक्षाका आधार जग कस्तो रह्यो ?


संस्कृत शिक्षाको अध्ययन, अध्यापनमा भारतीय भूमिमा गुरु सम्मान उच्च रहेछ । विद्यार्थीले सके गुरुको खुट्टामा नै शिर जोडेर ढोग्ने नभएर प्रणाम गुरु जीभन्दै खुट्टा छोएर शिर, छातीमा लगाउने पद्धति रहेछ । त्यहाँ पाँच वर्ष दैनिक त्यो संस्कार सिकियो । मुर्धन्य षडशास्त्रका विशारद अनेकौँ विभुषणबाट सम्मानित नेपाली भूमिका वेदानन्द झाको नेतृत्वमा सञ्चालित मोतीनाथ संस्कृत महाविद्यालयमा अतिथि प्राध्यापकहरु भारत वर्षमा प्रख्यात डिलिट, महाविद्यावारिधि रमेशचन्द्र शुक्लको पेसागत दक्षता, ज्ञानराशीको दोहनमा माया, ममता र निरन्तरको उत्सुकता सामना गर्न प्राप्त पृष्ठपोषण अविस्मरणीय रह्यो ।


नियमित कक्षा र निर्धारित विषयवस्तुको ज्ञान प्रवाहमा अनेकौँ गुरुवर्गको साथ सहयोगमा शुन्य संस्कृत र संस्कृति प्रतिको अज्ञानलाई दुर गर्न र ज्ञानराशीको उत्सुकतालाई केही बलियो र सामथ्र्यमा स्थापित गर्न, गराउन पाँच वर्षको अध्ययन सफल नै भयो ।


स्वार्थ र पाखण्डमा रमाएको समाजमा योगी राज रामनाथजी, बेलाबखत उपस्थितहुनु हुने भारतीय गोरख नाथका संरक्षक अवैद्यनाथ ( उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथका गुरु) नेपालका राष्ट्रगुरु योगीराज नरहरि नाथहरुको एकसाथ उपस्थिति र आशुकवि नरहरिनाथ योगीको सम्मानित स्थान र त्याग, ज्ञानका आशिषले गर्वको अनुभूति गराउँथ्यो ।
त्यतिबेला नेपालबाट छुट्टै विशेष प्रतिभाका धनी भारतीय विद्वत समाजमा जबर्जस्त स्थापितभई भारतीय महामहिम राष्ट्रपतिबाट कविरत्न, विद्यावारिधिबाट सम्मानित नेपाली गौरवका शिरोमणि काठमाण्डौँ टंगाल बासी कृष्णप्रसाद घिमिरे ज्यूको हरेक साहित्य तथा भाषा सम्मेलनमा आमन्त्रण हुन्थो र वहाँको बसाइलाई रामनाथ जी गौरवका रुपमालिनु हुन्थ्यो । यसैले आश्रम परिसरमा निरन्तर महामानवहरुको आशिर्वाद र उत्साहको वातावरण रहन्थ्यो । यो मौकाले गुणात्मक शिक्षा प्राप्ति र बौद्धिकताको महिमाको पहिचान गर्न, हुन र आफूले पछ्याउन सकेमा राम्रो अवसर मिलेको थियो ।

त्यतिबेला नेपालबाट छुट्टै विशेष प्रतिभाका धनी भारतीय विद्वत समाजमा जबर्जस्त स्थापितभई भारतीय महामहिम राष्ट्रपतिबाट कविरत्न, विद्यावारिधिबाट सम्मानित नेपाली गौरवका शिरोमणि काठमाण्डौँ टंगाल बासी कृष्णप्रसाद घिमिरे ज्यूको हरेक साहित्य तथा भाषा सम्मेलनमा आमन्त्रण हुन्थो र वहाँको बसाइलाई रामनाथ जी गौरवका रुपमालिनु हुन्थ्यो । यसैले आश्रम परिसरमा निरन्तर महामानवहरुको आशिर्वाद र उत्साहको वातावरण रहन्थ्यो ।


आश्रमका आधार जग योगीराज मोतीनाथ तथा शिवनाथको ब्रिटिस कालीन लाहौरको आश्रम तथा संस्कृत महाविद्यालय भारत पाकिस्तान विभाजनमा दिल्लीमा योगी रामनाथजीको नेतृत्वमा पुनःस्र्थापित भएको रहेछ । रामनाथ योगीजी स्वयम् भारतीय स्वतन्त्रता सेनानीको अगुवाइ गर्दै, धर्म, संस्कृति, पूर्वीय ज्ञान, दर्शन र शिक्षाका धरोहर भएकोले महात्मागान्धी, जवाहरलाल नेहरु, लालबहादुर शास्त्री तथा तत्कालीन सबै भारतीय नेताहरु योगीजी प्रतिगहिरो श्रद्धाभाव राख्दथे रे ? मैले जान्दा नेताजी सुवासचन्द्र बोस, भगतसिँह, सुकदेव, राजगुरु जस्ता महान शहिदहरुको फोटोमा दिनहुँ अगरवत्ती र दिप बाल्ने तथा सलाम टक्रयाएर दैनिक नित्य कर्म गर्ने दुईजना स्वतन्त्रता सेनानी, आजीवन ब्रह्मचारी त्यही बस्थे र नेताजी कै शैलीमा पोशाक र टोपी, चस्मा लगाएर स्वामीजीको दिनहँु दर्शन पछिमात्र सादाभोजन गर्दथे ।


म आफूले जान्दा श्रीमती इन्दिरा गान्धी, अटल बिहारी बाजपेयी जस्ता नेताहरु कहिले कहिले त्यहाँ आउथे ? कहिले योगीजीलाई आमन्त्रण गरेर सम्मान साथ लगिन्थ्यो । भारतीय राजनीतिमा इन्दिरा गान्धीको इमर्जेन्सीको विरुद्ध लागेका योगीजीसित फेरि पनि येनकेनको सम्बन्ध टुटेको थिएन । म आफू त्यहाँ भर्ना भएपछि, इन्दिरा गान्धीदुई पटक आश्रममा प्रवेश गरेकी थिइन् । इन्दिरा गान्धीले इमर्जेन्सी पछि आफू मारिनु भन्दा अगाडिको चुनावमा जितेर प्रधानमन्त्री भएपछि योगीजीलाई सम्मानसाथ गरिएको आमन्त्रणमा विद्यार्थीको हैसियतमा हामीले पनि पुष्पगुछा दिने समारोहमा भाग लिन र भोजमा सरिक हुन पायौँ । ती सबै घटना स्मरणगर्दा संगतको फलको गुण कहिल्यै निष्फल हुँदैन भन्ने शिक्षा पाइन्थ्यो ।


मेरो लागि वैयक्तिक रुपमा महामहिम सम्मानित कृष्णप्रसाद घिमिरे ज्यूको अनुयायिता जति फलदायी शिक्षा र पहुँच आजसम्म हुन सकेको छैन । वेद, शास्त्रोक्ति विद्वान् सर्वत्र पूज्य ते साह्रै सार्थक शब्द रहेछ । देशको स्वाभीमान र बौद्धिकताको अनुपम उदाहरण रहेका घिमिरेसंग हिडाइ अद्भूत हुन्थ्यो । घिमिरे ज्यूको श्रीमती इन्दिरा गान्धी, अटल बिहारी बाजपेयीका साथ भएको भेटवार्ता र वहाँहरुले आफ्नै हातले दिएको चिया र खाजाको ताजापन आजपनि सम्झि रहन्छु ।

भारतीय हिन्दी वर्धा सम्मेलनका मुर्धन्य व्यक्तित्वहरु मधुकर दण्डवते, दिल्लीका राजधानी कलेजका प्राचार्य रमाकान्त शुक्ला जस्ता स्मरण र विस्मरणमा परेका सन् १९८२—८३ दुई वर्षको अवधिमा संग्रहित गरेका भारतीय राजनीतिज्ञ, विद्वत वर्गको घिमिरे ज्यू प्रतिको सम्मानले मलाई सदासर्वदा ठूलो मान्छे ज्ञान र क्षमता हुँदो रहेछ भन्ने घच्घचाइरह्यो ।


भारतीय हिन्दी वर्धा सम्मेलनका मुर्धन्य व्यक्तित्वहरु मधुकर दण्डवते, दिल्लीका राजधानी कलेजका प्राचार्य रमाकान्त शुक्ला जस्ता स्मरण र विस्मरणमा परेका सन् १९८२—८३ दुई वर्षको अवधिमा संग्रहित गरेका भारतीय राजनीतिज्ञ, विद्वत वर्गको घिमिरे ज्यू प्रतिको सम्मानले मलाई सदासर्वदा ठूलो मान्छे ज्ञान र क्षमता हुँदो रहेछ भन्ने घच्घचाइरह्यो ।


कर्मशील दर्शन र कल्याणकारी मार्गमा हिड्ने घिमिरे आफैँ विद्यावारिधि होइनन् तर महामहिमबाट दुई दुई उपाधिका आधिकारिक सम्मानित व्यक्तित्व हुन्, उनका कृतिहरु भारतीय विश्वविद्यालयमा अध्ययन गरिन्थे र दर्जनौँ विद्यार्थीहरु उनका कृति माथि विद्यावारिधि गरिरहेका थिए । दिल्लीमा भेटेका दुईचार जना शोधार्थीहरुलाई एक दुई पटक काठमाण्डौँमा मैले पनि भेट्ने मौका पाएँ ।


संस्कृत शिक्षा र विश्व बन्धुत्व भावका आध्यात्मिकताको जगमा उभिएर ज्ञान, क्षमता र आफ्नो पूर्वीय साहित्य, समाज, संस्कृति र धर्म आध्यात्मिकताका पक्षमा जीवनमा के गर्न सकेँ, सकिनंँ ? भविष्यमा समीक्षा हुनै पर्ला । तर आज म जहाँ छु,, खातेबाट नेपाल सरकारको मन्त्रालयमा जनशक्ति विकासमा राज्यको नीति निर्माणको तहमा जे कुरा अगाडि सारिरहेको तथा बोली रहेको छु । ती सबैको मुख्य आधार जग मोतीनाथ र रामनाथको योगदान हो र अल्पकालीन अभिभावकत्व प्रदान गर्ने ती शरणागत गर्ने स्वामीजीको मनोभावको सम्मान प्रेरणाहुन भन्न सक्दछु ।

तर आज म जहाँ छु,, खातेबाट नेपाल सरकारको मन्त्रालयमा जनशक्ति विकासमा राज्यको नीति निर्माणको तहमा जे कुरा अगाडि सारिरहेको तथा बोली रहेको छु । ती सबैको मुख्य आधार जग मोतीनाथ र रामनाथको योगदान हो र अल्पकालीन अभिभावकत्व प्रदान गर्ने ती शरणागत गर्ने स्वामीजीको मनोभावको सम्मान प्रेरणाहुन भन्न सक्दछु ।


यसरी मैले संस्कृत विषयको पठनपाठनमा भारतको वाराणसीमा समेत के कस्तो व्यवस्था रहेछ ? करिब चार महिना त्यहाँका धुरन्धर नेपाली विद्वान शेषराज रेग्मी, जगन्नाथ कण्डेल , पछि नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष हुनुहुने माधवशरण शर्मा लगायतका दर्जनौँ नेपाली तथा भारतीय गुरुजन व्यक्तित्वको परिचय तथा केही न केही ज्ञान, उपदेश र मानवीय भावनाका दीक्षा सहित औपचारिक योग्यताको कुरा गर्दा व्याकरण विषयमा सन् १९८४ मा उत्तर मध्यमा प्रथम श्रेणीमा उत्तीर्ण भई नेपालको शिक्षा प्रणालीमा स्नातक तहमा प्रवेश भएको हुँ ।
पोखरेलसँगको अको संवादमा नेपाल र नेपालीशिक्षाको विषयमा जोडिने छौं । क्रमश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *