कर्णाली/१७ वैशाख-कर्णालीका राजनीतिक दलहरुले बालबालिका तथा शिक्षकहरुलाई कुनैपनि राजनीतिक गतिविधिमा सहभागी नगराउने प्रतिबद्धता जनाएका छन् । बालबालिका र विद्यालय शान्ति क्षेत्रहुन् भन्ने विषयमा राजनीतिक दलहरुसँग गरीएको अन्तरक्रियामा राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका हुन् ।
उनीहरुले शिक्षाक तथा बालबालिकाहरुलाई कुनै पनि प्रकारका राजनीतिक गतिविधिहरु धर्ना, जुलुस, आमसभा जस्ता कार्यक्रममा सहभागि नगराउने आठवटा राजनीतिक दलहरुले बताएका छन् ।
साथै विद्यालय तहमा राजनीतिक भातृ संगठनहरुको गठन नगर्ने, बालबालिकालाई राजनीतिक तवरले पक्ष विपक्षमा सहभागि गराउने र दलगत विचार व्यक्त गर्न नलगाउने,राजनीतिक दल र नेतृत्वले व्यक्त गर्ने विचार स्वस्थ आलोचनाहरू गर्दा बालबालिका, महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई प्रत्यक्ष असर पुग्ने भनाई, उखान टुक्काहरू प्रयोग नगर्ने र विद्यालयमा कुनैपनि बहानामा बालबालिका विरुद्ध कुनैपनि किसिमका शारीरिक सजाय, मानसिक हिंसा, शोषण, दुव्र्यवहार र भेदभाव हुन नदिने आठवटा राजनीतिक दलहरुले गरेको प्रतिबद्धतामा उल्लेख गरीएको छ ।



