सिटिइभिटी प्रमाणपत्र तह नर्सिङमा निशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग

काठमाडौं /८ मंसिर-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा निशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ । डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन,छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका बमोजिम छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको हो ।


आंगिक, साझेदारी तथा नीजि शिक्षण संस्थाहरुमा निर्धारण गरीएका निहुल्क छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका विद्यार्थीहरुले मंसिर २८ गते भित्र आवेदन दिनुपर्ने जनाएको छ ।


त्यसैगरी आवेदकले कुनै एक प्रदेशबाट मात्र आवेदन फारम भर्न पाईने र एक भन्दा बढी प्रदेशबाट आवेदन फारम भरेको पाइएमा स्वत रद्द हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *