अनावश्यक दवाव र आर्थिक भार नपर्ने गरि जापान र अस्ट्रेलिया अध्ययनमा जान इक्यानको आग्रह

काठमाडौं/८ मंसिर-शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अष्ट्रेलीया सरकारले विदेशी विद्यार्थीका लागि बोर्डर खुल्ला गरेकोे जानकारी दिएको छ । विदेश अध्ययनमा जाने विद्यार्थी र अभिभावकको अन्यौलता अवस्थाको अन्त्य भएको भन्दै इक्यनाले बोर्डर खुल्ला गरेकोे जानकारी दिएको हो ।


इक्यनाले मंगलबार पत्रकार सम्मेलन गर्दे जापान तथा अष्ट्रेलीया जाने विद्यार्थीहरुले नियमित प्रकृयाबाट विगतमा झैं यात्रा गर्न सक्ने जानकारी दिएको छ ।


जापान सरकारले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाईएकोमा मिति २०२१ नोभेम्वर ०८ वाट प्रवेशको लागि अनुमति दिने निर्णय गरेको छ । जसबाट २०२० मा सिओई प्राप्त गरि ट्युसन फि लगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुने अपेक्षा इक्यानले गरेको जनाएको छ ।


जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्वर, डिसेम्वर र जनवरी गरी तिन महिनामा प्रवेशको अनुमती दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोवरका विद्यार्थीलाई जनवरी पछि सुचना जारि गर्ने जनाएको हो ।


त्यसैगरी अष्ट्रेलियाका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाको सिमाना खोल्ने बारे घोषणा गरेसँगै नेपाली विद्यार्थीहरूलाई प्रबेशका लागि ढोका खुलेको इक्यानले जानकारी गराएको छ । नेपालका लागि अष्ट्रेलियन राजदुतले नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) लाई आधिकारिक रुपमा घोषणाको जानकारी दिनुभएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।


पाण्डेले नेपाल शैक्षिक परामर्श संघ इक्यानले सम्वन्धित विद्यार्थी तथा अभिभावक एवम सवै सदस्य संस्थाहरुलाई अनावश्यक दवाव तथा आर्थिक भार नपर्ने गरि भिएफएस अपोइन्टमेन्ट तथा हवाई टिकट व्यवस्थापनको कार्यमा सहजीकरण गर्न तथा कुनै खास समस्या उत्पन्न भएमा तत्काल इक्यानको केन्द्रिय कार्यलयलाई सुचना गर्न आग्रह गरेका छन् ।


कोभिड १९ महामारीका कारण नेपाली विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका लागि विशेष रुचाइने मुलुकहरुमा अध्ययन गर्न जाने प्रकृया अबरुद्द थियो भने नेपाली विद्यार्थीहरुले भिसा प्राप्त गरिसकेको लामो समय सम्म यात्रा गर्न नसकेर तथा नेपाल मै अनलाइन कक्षा लिनु पर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *