विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं/ ८ मंसिर -१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् ।


मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन् । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन् ।


‘विद्यालय खुलेसकेका छन् मन्त्री पौडेलले भने,’ १८ वर्षमाथि उमेरसमूहका धेरैले खोप लगाइसकेका छन् त्यसमुनीका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुप¥यो ।’


शिक्षामन्त्रीले बालबालिकाहरुलाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए । उनलेभने ‘प्रत्येक विद्यालयमा पुगेर एक हप्ते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरौं ।, ‘शिक्षा मन्त्रालयले त्यसको समन्वय गर्छ खोपको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरिदिनुप¥यो ।’


स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिएका छन् । बालबालिकाको लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको बताउँदै आउने वित्तिकै विद्यार्थीेले खोप पाउँने जनाएका छन् । मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको जनाएको छ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् । ९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिए ।


१२ वर्षमाथिका विद्यार्थीका लागि १ लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताए । तर १२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *