विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरू सार्वजनिक

काठमाडौं /७ मंसिर- शिक्षा, विज्ञान तथ प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरू सार्वजनिक गरेका छन् । विद्यालय शिक्षामा सुधारको खाँचो रहेको बताउदै एक कार्यक्रमका विच प्राथमिकताहरू सार्वजनिक गरेका हुन ।


सरकारले अगाडी सारेका विभिन्न कार्यक्रम तथा योजनाहरुलाई प्रभावकारी ढंगले काम गर्ने शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उदेश्यले ३० बुँदामा प्राथमिकताहरू सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

१. सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोपको व्यबस्था गरिनेछ ।
२. सबै पालिका र प्रदेशलाइ साक्षर घोषणा गरिनेछ ।
३. सिक्दै कमाउदै कार्यक्रमलाई प्रभाबकारी ढंगले कार्यान्वयन गरिनेछ ।
४. अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाइ कार्यान्वयन गरिनेछ ।
५. कक्षा १२ सम्मका पाठ्य पुस्तकको छपाई गुणस्तरीय एंव रङ्गीन बनाइनेछ ।
६. अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ संचालनमा ल्याइनेछ ।
७. स्थायी शिक्षक पदपुर्तिको लागि विज्ञापन प्रकृया तत्काल अगाडी बढाइनेछ ।
८. समयमै सबै सेट पाठ्यपुस्तकहरु विद्यार्थीको हात हातमा पुर्याइनेछ ।
९. संघिय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गरिनेछ ।
१०. शिक्षक दरबन्दी मिलान कार्यलाई सहजीकरण गरी अनुगमन गरिनेछ ।
११. हरेक स्थानीय तहमा कम्तिमा एकबटा प्राविधिक शिक्षालय पुर्याइनेछ ।
१२. गरिब जेहेन्दार विद्यार्थीलाइ छात्रावृत्ति वितरण गरिनेछ । कसैलाइ पनि पढने अबसरबाट बञ्चित हुन नपर्ने अवस्था सुनिश्चित गरिनेछ ।
१३. विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरि संचालन भए नभएको अनुगमन गरिनेछ ।
१४. निजि बिद्यलायले सरकारले तोको अनुसारको छात्रवृत्ति उपलब्ध गराए नगराएको प्रभाबकारी अनुगमन गरिनेछ ।
१५ं विद्यार्थी भर्ना संख्याका अधारमा नभई सिकाइका आधारमा विद्यालयको उपलबिध मापन गरीनेछ ।
१६. शिक्षक अस्पताल निर्माणको प्रकृया अगाडी बढाइनेछ ।
१७. बैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणालीलाई प्रभाबकारी बनाइनेछ ।
१८. तिनै तहको सरकारबाट संचालन हुने शैक्षिक कृयाकलापहरु बीच आपसी समन्वय कायम गरि नतिजा सुनिश्चित गरिनेछ ।
१९. शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सुक्ष्म अनुगमन गरिनेछ ।
२०. उच्च स्तरीय शिक्षा आयोगको प्रतिबेदनलाई कार्यान्वयन गरिनेछ ।
२१. शिक्षा तथा मानब श्रोत विकास केन्द्रबाट संचालित online education portal गुणस्तरीय सामग्री समाबेश गरि सबैको पहुँचमा पुर्याइनेछ ।
२२. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनमा ल्याइनेछ ।
२३. तीन वर्षभित्र सबै सामुदायिक विद्यालयहरूमा भौतिक पुर्वाधार तयार गरिनेछ ।
२४. दलित उत्पिडित अल्पसंख्यक पिछडिएका वर्गको गुणस्तरीय शिक्षामा पहुँच कायम गरिनेछ ।
२५. शैक्षिक पुर्वाधार निर्माण एबं प्रविधि विकासमा वैदेशिक लगानी आकर्षण गरिनेछ । स्बदेशी एबं विदेशी लगानीलाई प्रोत्साहन गरिनेछ ।
२६. विभिन्न आन्दोलनका घाइते, अपागं एबं द्वन्द्व पिडितलाइ शैक्षिक अवसर प्रदान गरिनेछ ।
२७. शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइ प्रति स्व -जवाफदेही बनाइनेछ ।
२८. प्रत्येक पालिकास्तर, प्रदेशस्तर र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गरिनेछ ।
२९. विद्यालय स्तरको SEE र कक्षा १२ को परीक्षालाई व्यवस्थित गरिनेछ ।
३०. शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधानगर्न अधिकतम प्रयास गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *