नाइजेरियामा बन्धुकधारीले ७३ जना विद्यार्थीलाई अपहरण

फाइल तस्विर

नाइजेरिया/१८ भदौ-बुधबार बिहान नाइजेरियाको काया गाउँबाट ७३ जना विद्यार्थी अपहरणमा परेका छन् । नाइजेरियाको प्रहरीका अनुसार बन्धुकधारी अपहरणकारीले ७३ जना विद्याथीलाई अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ ।


विद्यार्थी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको छ ।


बुधबार बिहान जाम्फारा प्रदेशको काया गाउँबाट माध्यामिक तहका विद्यार्थीलाई अपहरण गरिएको र उनीहरुले कता लगे भन्ने बारेमा एकिन हुन नसकेकोे जनाइएको छ । एजेन्सीको सहयोगमा