काठमाडौं महानगरका विद्यालय खोल्ने सवालमा संक्रमणको अवस्था हेरेर निर्णय लिन्छौ:शिक्षा विभाग प्रमुख

काठमाडौं/१७ भदौ-काठमाडौं महानगरपालिकाले अहिलेनै विद्यालय खोल्ने सवालमा कुनै निर्णय नभएको जनाएको छ । काठमाडौको कोभिड संक्रमण दर हेरेर मात्र निर्णय लिने भन्दै विद्यालय खोल्ने सवालमा कुनै निर्णय नभएको जनाएको हो ।


काठमाण्डौ उपत्यकामा विद्यालय सञ्चालनको जिम्मा पालिकालाई दिए पनि काठमाडौं महानगरपालिका भित्रका विद्यालय खाोल्ने सवालमा अहिले भन्न सक्ने अवस्थामा नरहेको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले खबर एजुकेशनलाई बताए । उनले भने “अहिले सोचाईमा मात्र छौ कहिले देखि खोल्ने अहिले भन्न सक्ने अवस्था छैन ।”


सुवेदीका अनुसार संक्रमण दर घट्दै गयो र अवस्था सहज भयो भने मात्र शिक्षा समितिमा प्रताव लगेर निर्णय गरी अगाडि बढेने बताए । तर अहिले सोचाई मात्र रहेको र यस बारे कुनै निर्णय नभएको जानकारी दिए । साथै अवस्थालाई विश्लेषण गरेरमात्र निर्णय गरीने उनले बताए ।


यता जिल्ला प्रशासनको जारी आदेश अनुसार निषेधाज्ञाको अवधिमा भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्था सञ्चालन गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा पालिकाले निर्णय गर्न सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *