नेपाल शिक्षक महासङ्घको आन्दोलन आजदेखि

काठमाडौँ /९ भदौ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आजदेखि आन्दोलन सुरु गरेको छ । समितिले पेस गरेको प्रतिवेदन सकारात्मक रहेपनि विगतका सहमतिमा रहेका धेरै माग सम्बोधन हुन बाँकी हरेको भन्दै आजदेखि आन्दोलन सुरु गरेको हो ।


महासङ्घले समितिबाट प्रतिवेदन सहित विधेयक पारित भईसकेकोले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट सम्बोधन गराउन आन्दोलनमा जान बाध्या पारिएको जनाएको छ । विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको महासङ्घको ठहर छ ।


२०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागु गर्न, अस्थायी शिक्षकका लागि ७५५ आन्तरिक र २५५ खुला पदपूर्ति ९हालको ६०५–४०५ को सट्टा०, आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।


महासङ्घको आन्दोलनका कार्यक्रम अन्तर्गत भाद्र ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकको ध्यानाकर्षण पत्र पेस गर्ने, भाद्र ११ गतेदखि २० गतेसम्म सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यही ३ घण्टा प्रतिनिधिमूलक धर्ना गर्ने, भाद्र १३ गते शुक्रवार सबै पालिकामा र भाद्र १५ गते आइतवार सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र १ घण्टा धर्ना दिने, भाद्र २१ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने र यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याइने जनाएको छ ।