प्राविधिक कठिनाइ नआए कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

काठमाडौँ /१९ साउन – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्राविधिक कठिनाइ नआए आज सार्वजनिक गर्ने तयारी गरेको बोर्डको भनाई छ ।


नतिजा सार्वजनिक गर्न आवश्यक सबै प्रक्रिया अन्तिम चरणमा पुगे पनि प्राविधिक टिमले ग्रिन सिग्नल अहिलेसम्म नदिएको बोर्ड स्रोतले जनाएको छ । तर, सबै प्रक्रिया अन्तिममा रहेकोले खासै प्राविधिक समस्या नआउने बताउँदै नतिजा आज नै सार्वजनिक हुन सक्ने बोर्ड स्रोतले जनायो ।


गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक तर्फ गरेर पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए ।