काठमाडौँ /१९ साउन – त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले बिटेक फुड टेक्नोलोजी कार्यक्रममा २०८२ सालको नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ ।
आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा सेमेस्टर प्रणाली अन्तर्गत ग्रेडिङ पद्धति अनुरूप पठनपाठन हुने विज्ञानतर्फ आठ सेमेस्टरको स्नातक तहमा आवेदन माग गरेको हो ।
खाद्य प्रविधि बिटेक (फुड टेक्नोलोजी) कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरूले २०८२ सालको नयाँ भर्नाका लागि साउन २० गतेबाट आवेदन दिन सक्नेछन् । यस सम्बन्धी विस्तृत जानकारी अध्ययन संस्थानको वेबसाइट : https://iost.tu.edu.np/ बाट प्राप्त गर्न सकिनेछ ।



