कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत उत्तीर्ण, ३८.८३ विद्यार्थीको एनजी

काठमाडौँ /१९ साउन – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २१ गते देखि जेठ २ गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ । नियमित र आंशिक तर्फ गरेर पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए ।


परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी रहेको थिए ।


यसैगरी आगामी भदौं २८ र २९ गते पूरक परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।