काठमाडौँ/२० कात्तिक – शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उक्त संशोधन प्रस्ताव त्यहाँबाट प्राप्त भएसँगै शुक्रबार मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
शिक्षक, विद्यार्थी र समग्र शिक्षा क्षेत्रका सरोकारवालाहरूले उठाउँदै आएका गुनासोहरूलाई सम्बोधन गर्ने लक्ष्यका साथ मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ ।



