सिटिइभिटीले भदौमा गरेको स्थगित परीक्षा मंसिर ३ गतेदेखी हुने, परीक्षा केन्द्र सार्वजनिक

भक्तपुर/२१ कार्तिक – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।


यसअघि २०८३ भदौ २२ गतेको सूचनामार्फत स्थगित गरेका वार्षिक तथा सेमेष्टर परीक्षा प्रणालीअन्तर्गत प्रथम वर्ष दोस्रो खण्ड र दोस्रो वर्ष दोस्रो खण्डका परीक्षाहरू सञ्चालन गर्न परीक्षा केन्द्र तोकेको हो ।


परीक्षा मंसिर ३ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने परिषद्ले जनाएको छ । साथै असोज ६ गते प्रकाशित परीक्षा तालिकाअनुसार परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।


सम्बन्धित परीक्षार्थीहरूले आफ्नो परीक्षा केन्द्र तथा विस्तृत विवरण परिषद्को आधिकारिक वेबसाइट www.ctevtexam.org.np मा गएर हेर्न सक्नेछन् ।