काठमाडौं/११ असार – राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकले आ.व. २०८१ /२०८२ को सम्पत्ति विवरण बुझाउन भनेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान भएकोले बुझाउन भनिएको हो ।
सामुदायिक विद्यालयहरूमा कार्यरत रहेका सम्पूर्ण स्थायी शिक्षकहरूको आ.व. २०६१/०८२ को सम्पत्ति विवरण नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ मिति २०६७ वैशाख ६ को नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचनामा तोकिएको ढाँचा बमोजिमको सम्पत्ति विवरण फाराम भरी राष्ट्रिय किताबखाना (शिक्षक) मा पठाउन भनिएको छ ।



