सकेसम्म तोकिएकै समयमा विद्यालय शिक्षा सम्बन्धी ऐन पेस गर्ने तयारीमा समिति

काठमाडौँ /१० असार – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐन ल्याउने तयारी भईरहेको समितिका एकजना सांसदले बताएका छन् । महासङ्घसँग गरिएको सम्झौता बमोजिम पछिल्लो सहमति वा प्रतिबद्धता अनुसार तोकिएको मितिभित्र विद्यालय शिक्षासम्बन्धी ऐन ल्याउन तयारी भई रहेको बताए ।


यस बारे केही माननीयहरूले सभापतिसँग बसेर छलफल गर्दा जसरी पनि ल्याउने भन्ने छलफल भईरहेको उनको भनाई छ । उनले भने हामी केही माननीयहरू बसेर सभापतिसँग छलफल गर्यौ । सभापतिले जसरी पनि ल्याउने भन्नु भएको छ । त्यसै अनुसार केही छलफल पनि गरिएको छ । तर सकेसम्म तोकिएको मिति मै ल्याउने गरी अगाडी बढेको देखियो ।


समिति भित्र छिटो सकेर समयमै पेस गर्ने । त्यसपछि सरकारले जे गर्छ उसको कुरा रहेको भन्ने सभापति तथा माननीयहरूको धारणा स्रोतले भन्यो । अनुसार जिल्ला शिक्षा कार्यालयलाई ब्युँताउने, निजी विद्यालयहरू अहिले जसरी सञ्चालनमा छन् त्यसैगरी अगाडी बढ्ने, इसिडी १ वर्ष कै बनाउने लगायतका विषयसहित उपसमितिले पेस गरेको प्रतिवेदनकै आधारमा धेरै कुरा नकाटी आउन सक्ने स्रोतको दाबी छ ।


त्यसैगरी एसईई रहने रहने भन्ने विषयमा भने नराख्नेकी भन्ने तर्फ केन्द्रीत रहेपनि अन्तिम निचोड नआईसकेको उनले बताए ।


यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रतिनिधि सभा संसद बैठकमा जवाफ दिँदै उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्त्रालयले साझा धारणा निर्माण गरेर समितिमा प्रस्तुत गरेको र ऐन जारी हुनुपर्छ भन्ने विषय राख्ने माननीयज्यूहरू र उहाँहरूकै पार्टीका माननीयज्यूहरू समितिमा रहनुभएकाले विद्यालय शिक्षासम्बन्धी ऐन जारी गर्ने विषयमा सरकारले समन्वय गरिराखेको बताएका छन् । उनले विधेयक समयमै सकौँ भनेर आग्रह गरेको बताउँदै सबैको सहयोग भएमा समयमै ऐन जारी गर्न सकिने बताए ।