शिक्षा समितिको बैठक आज बस्दै, उपसमितिको प्रतिवेदन माथि छलफल हुने

काठमाडौँ /७ जेठ – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा गठित उपसमितिले जेठ ४ गते प्रतिवेदन बुझाएपछिको आज २ बजे पहिलो बैठक बस्ने भएको हो ।


समितिको अबका बैठकमा उपसमितिले बुझाएको प्रतिवेदन माथि छलफल हुनुका साथै सहमति जुट्न बाँकी रहेका बुँदाहरूमा छलफल हुनेछ ।


जेठ ४ गते बसेको समितको बैठकले उपसमितिले बुझाएको प्रतिवेदन अध्ययन गर्न समितिका सदस्यहरुलाई तीन दिनको समय उपलब्ध गराएको थियो ।