त्रिविको उपकुलपति छनौट गर्न तीन सदस्यीय सर्च कमिटी गठन

काठमाडौँ /६ जेठ – त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा।केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा उपकुलपति नियुक्तिका लागि कमिटी गठन गरिएको छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले मंगलबार उम्मेदवार छनौट गर्न सर्च कमिटी गठन गरेका हुन् ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । समितिमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य रहेका छन् ।