काठमाडौँ/८ जेठ – शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशले कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षकहरूको बढुवा गरेको छ ।
शिक्षक सेवा आयोगले २०८० भदौँ ११ गते प्रकाशित कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाका लागि निवेदन पर्न आएकामध्ये बागमती प्रदेश बढुवा सिफारिस समितिको निर्णयानुसार शिक्षकको बढुवा गरिएको हो ।
शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका प्राथमि तह द्धितीय श्रेणीको विज्ञापनका उम्मेदवारहरूलाई शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ का लागि सूचना प्रकाशित आयोगले जनाएको छ ।
बढुवा सिफारिस सम्बन्धी विस्तृत विवरण शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको वेबसाइट www.edd.bagmati.gov.np र शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।



