त्रिविको मान्यता तथा समकक्षता सुधारका लागि सुझाब माग

काठमाडौँ /८ जेठ – त्रिभुवन विश्वविद्यालय ‘उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ ” सुधार सुझाव समितिले सुझाब माग गरेको छ ।


उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समायानुकुल संशोधन गर्न, समस्या समाधान र सुधारको लागि खुल्लारुपमा राय सुझाव लिन सुझाब मागेको हो ।


उच्च शिक्षा उपाधिको मान्यता र समकक्षता सम्बन्धमा सामाजिक सञ्जाल, पत्रपत्रिका, अन्य सञ्चार माध्यमहरु लगायत विद्यार्थी, अभिभावक साथै जनस्तरबाट समेत गुनासो आएकोले त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ सुधार सुझाव समिति बनाई काम गरिरहेको जनाएको छ ।


सुझाब जेठ ८ गतेदेखि १४ गते भित्र पठाउनुपर्ने छ । साथै [email protected] इमेल मार्फत सुझाब पठाउन सकिने छ ।