काठमाडौँ /७ जेठ – त्रिभुवन विश्वविद्यालयले कानून संकाय अन्तर्गतको एलएलबी प्रथम वर्षमा नयाँ भर्नाका लागि आवेदन दिने समय थप गरेको छ । शैक्षिक सत्र २०७९/०८०० मा नयाँ भर्नाका लागि प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, कानून संकाय, डीनको कार्यालयले शैक्षिक सत्र २०७९/०८० का लागि सञ्चालन हुने तीन वर्षे स्नातक तह एलएलबी प्रथम वर्षमा भर्नाका लागि आवेदन दिने सामय संशोधन गरेको जनाएको छ ।
वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हने उक्त कार्यक्रमका लागि नयाँ विद्यार्थी भर्नाका लागि अनलाइन आवेदन फारम भर्ने भनि मिति २०८०।१२।३० गते भनिएपनि संशोधन गरेर २०८१ जेठ ११ गते शुक्रवारसम्मका लागि आवेदनको समय थप गरेको छ । साथै दोब्बर दस्तुर तिरी जेठ १८ गते शुक्रवार राती १२ः०० बजे सम्म फाराम भनै सकिने जनाएको छ ।



