काठमाडौँ /२ बैशाख – नेपाल शिक्षक महासङ्घको राष्ट्रिय महाधिवेशन बैशाख १० गते हुने भएको छ । प्रधानमन्त्री पुष्प कमाल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यमा महाधिवेशन गर्न लागेको हो ।
महासङ्घको यही बैशाख १० गते राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरिएको अध्यक्ष कमला तुलाधरले जानकारी दिइन । उनले जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको र जिल्ला अधिवेशन भईरहेको बताउँदै १० गते दोस्रो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरिएको बताइन । साथै जुनसुकै अवस्थामा पनि १० गते महाधिवेशन गर्नेगरी तयारी थालिएको उनको भनाइ छ ।
विभिन्न कारणले लामो समयदेखि नेपाल शिक्षक महासङ्घको राष्ट्रिय महाधिवेशन हुन सकेको थिएन ।



