काठमाडौँ /४ फागुन – छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्रस्तुतीकरणमा सहभागी भएका उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते लिने भएको छ ।
उनीहरूको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरू हुने समितिले जनाएको छ । विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ । अन्तवार्त सकिएपछि समितिले समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ ।




