बौद्धिक चोरी गर्ने व्यक्ति एकेडेमीक पदमा बस्न लायक हँदैनन् : सुमना श्रेष्ठ

काठमाडौँ /४ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बौद्धिक चोरीलाई सामान्य नलिन आग्रह गर्दै त्यस्ता व्यक्ति विश्वविद्यालयका पदाधिकारी बनाउन नहुँने बताएकी छन् । उनले अरूको कृति, लेख, ज्ञान, अनुसन्धान लगायत आफ्नो भनेर विभिन्न जर्नलमा छापेर बौद्धिक चोरी गर्ने व्यक्तिलाई एकेडेमीक पदहरूमा बस्न लायक नहुने बताएकी हुन ।


श्रेष्ठले सामाजिक सञ्जालमार्फत पछिल्लो सामय बौद्धिक चोरिबारे छलफल हुन थालेको बताउँदै व्यक्तिले उच्च शिक्षामा महत्वपूर्ण समय, आर्थिक खर्चेर आफ्नो विचार, धारणा बनाउछु भनेर लाग्नु पर्ने भएकोले यसलाई सामान्य लिन नहुने बताएकी छन् ।


उच्च शिक्षाले निष्ठा, ज्ञान सिकाउने भएकोले त्यसको धरातलमा बस्नुपर्ने भएकोले बौद्धिक चोरिका बारेमा सबैले बुझन आवश्यक रहेको उनको भनाई थियो । अरूले लेखेको लेखलाई कपि गरेर आफ्नो कृति भनेर लेख्नु बौद्धिक चोरी भएकोले विभिन्न विश्वविद्यालय, प्राज्ञिक क्षेत्रमा काम गर्ने प्रोफेसर, असिस्टेन्ट प्राध्यापक, उपकुलपति, रेक्टर जस्तो पदमा बस्ने व्यक्ति बाट बौद्धिक चोरिलाई स्वीकार गर्न नसकिने प्रस्ट पारेकी छन् ।


उनले देशलाई राम्रो दिशामा लैजानका लागि उच्च शिक्षामा निष्ठावान्, जनताको लागि काम गर्ने र नयाँ ज्ञान सिर्जना गर्न सक्ने मान्छेहरू खोजी गर्नुपर्ने बताइन ।